बिहीबारबाट आन्तरिक उडान खुल्ला, दैनिक ६४ उडान भर्ने

काठमाडौं । बिहीबारदेखि आन्तरिक उडान खुल्ने भएको छ । कोरोनाको दोस्रो लहरसँगै सरकारले निषेधाज्ञापछि बन्द गरेको आन्तरिक उडान बिहिबारबाट खुल्ला गर्ने वायुसेवा संचालक संघले जनाएको छ । संघका प्रवक्ता योगराज कँडेलले बिहीबारदेखि आन्तरिक उडान खुलाएसँगै शुरूआतमा दैनिक ६४ उडान हुने जानकारी दिए । उनका अनुसार बिहान ६ देखि साँझ ६ बजेसम्म आन्तरिक उडान हुनेछ । यती एयरलाइन्सले १५, बुद्ध एयरले ३१,श्री एयरलाइन्सका ७, सौर्यको ३ सहित ८ एयरलाइन्सले दैनिक उडान भर्ने उनले जानकारी दिए । निषेधाज्ञाअघि गत वैशाखमा दैनिक १ सय ३० आन्तरिक उडान हुँदै आएको थियो ।
निषेधाज्ञा खुकुलो भएसँगै आन्तरिक उडान खुल्ला गर्न लागिएकाले नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता राजकुमार क्षेत्रीले बताए । उनका अनुसार क्यानले जारी गरेको सबै स्वास्थ्य मापदण्ड पालना गरेर मात्र उडान संचालन गर्नुपर्ने छ ।

















ला पाजमा सैन्य विमान दुर्घटना अपडेट : १५ जनाको मृत्यु
रास्वपाकाे आज काठमाडौँ उपत्यका केन्द्रित चुनावी अभियान
मौनअवधिका लागि विशेष निगरानीको व्यवस्था गरिएको छ: निर्वाचन आयुक्त राणा (अन्तर्वार्ता)
बोलिभियामा सैन्य विमान दुर्घटना हुँदा ११ जनाको मृत्यु
निर्वाचन निष्पक्षताका लागि जिल्ला प्रशासन चितवनको पाँच ‘पी’ सूत्र
‘मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’
इनड्राइभले आयोजना गर्यो ‘काठमाडौं क्लिन एयर डायलोग’
फागुन २० गते राति १२ बजेदेखि मतदान नसकिएसम्म सवारीसाधन चलाउन नपाइने
गृहमन्त्री अर्यालद्वारा ‘जेनजी’ युवाहरुको अनशन तोडाइयो
चुनावमा घाइते हुने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने
प्रतिक्रिया