भूकम्प पीडितलाई रकम निकासा गरिदिने भन्दै ३० हजार घुस लिने इञ्जिनियर पक्राउ
मेरोन्यूज
२०७८ असार १६ गते १३:१५
काठमाडौँ । ओखलढुंगामा भूकम्प पीडितलाई पैसा निकासा गरिदिएवापत घुस लिने पुनर्निर्माण प्राधिकरणका सव इञ्जिनियर पक्राउ परेका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई सिनपा १ तलुवामा खटिएका सव इञ्जिनियर राजन पासवान रंगेहात पक्राउ परेका हुन् ।
पासवानले भूकम्प पीडितलाई तेस्रो किस्ता रकम निकासा गरिदिने भन्दै सेवाग्राहीसँग अग्रिम ३० हजार रुपैयाँ रकम लिएका थिए । उनले घुस लिँदै गरेको सूचनाका आधारमा रंगेहात पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको हो ।
भूकम्प पीडितलाई आवास निर्माणवापत पाउने तेस्रो किस्ता रकम आफूले सहजीकरण गरे मात्रै आउने भन्दै उनले घुस लिएका थिए । उनीमाथि थप अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल पठाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
सम्बन्धित
















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
प्रतिक्रिया