भूकम्प पीडितलाई रकम निकासा गरिदिने भन्दै ३० हजार घुस लिने इञ्जिनियर पक्राउ
मेरोन्यूज
२०७८ असार १६ गते १३:१५
काठमाडौँ । ओखलढुंगामा भूकम्प पीडितलाई पैसा निकासा गरिदिएवापत घुस लिने पुनर्निर्माण प्राधिकरणका सव इञ्जिनियर पक्राउ परेका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई सिनपा १ तलुवामा खटिएका सव इञ्जिनियर राजन पासवान रंगेहात पक्राउ परेका हुन् ।
पासवानले भूकम्प पीडितलाई तेस्रो किस्ता रकम निकासा गरिदिने भन्दै सेवाग्राहीसँग अग्रिम ३० हजार रुपैयाँ रकम लिएका थिए । उनले घुस लिँदै गरेको सूचनाका आधारमा रंगेहात पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको हो ।
भूकम्प पीडितलाई आवास निर्माणवापत पाउने तेस्रो किस्ता रकम आफूले सहजीकरण गरे मात्रै आउने भन्दै उनले घुस लिएका थिए । उनीमाथि थप अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल पठाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
सम्बन्धित














बागलुङमा जनमोर्चा र नेकपाबीच तालमेलगर्ने सहमति
कुलमान घिसिङ काठमाडौं- ३ बाट उम्मेदवार बन्ने
सिरहामा ५३१ मतदान केन्द्र कायम, चार लाख ५३ हजार मतदाता
एमालेबाट काठमाडौँ क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार
नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एस जिको एकवर्षे प्रायोजन
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
अमेरिकन डलरको मूल्य बढ्यो, आज कतिमा हुँदैछ काराेबार ?
प्रतिक्रिया