नारायणी अस्पतालमा बाल आइसियु बनाउन एनआरएनएको २२ लाख सहयोग

लण्डन । गैरआवासीय नेपाली संघले नारायणी अस्पताललाई २२ लाख ६० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
गैरआवासीय राष्ट्रिय समन्यव परिषद् जापानले उपलब्ध गराएको उक्त रकम अस्पतालमा बाल आइसियु बनाउन सहयोग गरेको परिषद् जापानका प्रवक्ता सिद्धार्थ श्रेष्ठले बताए ।
परिषद्ले केही समयअघि नारायणी अस्पतालसँग सहकार्य गर्न अस्पताल व्यवस्थापन समितिलाई प्रस्ताव पेश गरेको थियो । हालै सोही प्रस्तावलाई अस्पताल व्यवस्थापन समितिले स्वीकृत गरेपछि बाल आइसियु बन्ने काम अगाडि बढेको हो ।
गैरआवासीय नेपाली संघका केन्द्रीय कोषाध्यक्ष महेश श्रेष्ठलाई संघका पूर्वअध्यक्ष भवन भट्टले उक्त रकम र अन्य स्वास्थ्य सामग्री राष्ट्रिय परिषद् जापानको कार्यलयमा हस्तारण गरेका थिए ।
देशमा आपतविपद पर्दा विदेशमा रहेर पनि नेपालमा निरन्तर सहयोग गर्ने गैरआवासीय नेपाली संघप्रति नारायणी अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. वीरेन्द्रबहादुर प्रधानले धन्यपाद दिए ।














बागलुङमा जनमोर्चा र नेकपाबीच तालमेलगर्ने सहमति
कुलमान घिसिङ काठमाडौं- ३ बाट उम्मेदवार बन्ने
सिरहामा ५३१ मतदान केन्द्र कायम, चार लाख ५३ हजार मतदाता
एमालेबाट काठमाडौँ क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एस जिको एकवर्षे प्रायोजन
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
अमेरिकन डलरको मूल्य बढ्यो, आज कतिमा हुँदैछ काराेबार ?
प्रतिक्रिया