शरणार्थी परिचयपत्र नवीकरण

बागलुङ । ढोरपाटनमा बसोबास गर्ने तिब्बती शरणार्थीको परिचयपत्र नवीकरण गरिएको छ । जिल्ला प्रशासन कार्यालयको टोली बुधबार शिविरमै पुगेर ५० शरणार्थीको परिचयपत्र नवीकरण गरेको हो । बर्सेनि असार मसान्तभित्र शरणार्थी परिचयपत्र नवीकरण गर्ने गरिएको कार्यालयका प्रशासकीय अधिकृत सूर्यलाल विश्वकर्माले जानकारी दिए ।
तिब्बतीहरु विसं २०१६ मा शरणार्थीका रूपमा ढोरपाटन पुगेका थिए । पछिल्लो समय ढोरपाटनमा बस्ने शरणार्थीको सङ्ख्या घट्दो छ । शुरुका वर्षमा सयौँ शरणार्थी परिवार त्यहाँ बस्थे । शिविर परिवर्तन, विदेश पलायन र शहरी क्षेत्रमा बसोबास गर्ने क्रम बढेपछि ढोरपाटनमा तिब्बती शरणार्थी घटेका हुन् ।
सरकारले शरणार्थीको बसोबासका लागि अस्थायीरूपमा जग्गा व्यवस्थापन गरेको छ । शरणार्थीले आफ्नै कमाइ र मेहनतमा घर बनाएर बसेका छन् । दशकौँदेखि यहीँको समुदायसँग घुलमिल भएर बसेका उनीहरुले नेपाली नागरिकताको माग गर्दै आएका छन् । भाषिक समस्याका कारण शरणार्थीका बालबच्चा भने पोखरा बसेर पढ्छन् ।
कतिपय शरणार्थी शहरी क्षेत्रमा पुगेर श्रम र रोजगरीबाट जीविका चलाउने गर्छन् । ढोरपाटनसहित देशका विभिन्न ठाउँमा तिब्बती शरणार्थी बस्छन् । रासस
















अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
सुशासन मार्गचित्रः नतिजामुखी बजेट र पारदर्शी कर प्रणालीमा जोड
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
दीपक खड्कालाई सात दिन हिरासतमा राख्न अनुमति
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
प्रतिक्रिया