शुक्रबार बस्ने केन्द्रिय कमिटीको बैठकमा सहभागी नहुने नेपाल पक्षको निर्णय
मेरोन्यूज
२०७८ असार १७ गते १८:४७

काठमाडौं । नेकपा एमाले माधव नेपाल पक्ष शुक्रबार बस्ने पार्टीको केन्द्रिय कमिटीको बैठकमा नजाने भएको छ । आज बुद्धनगरस्थित क्वालिटी वैंक्वेटमा बसेको नेपाल पक्ष स्थायी कमिटीको बैठकले पार्टीको केन्द्रिय कमिटीको बैठकमा नजाने निर्णय गरेको नेता रघुजी पन्तले मेरोन्यूजलाई बताए ।
उनले पार्टी अध्यक्ष केपी शर्माले एक पक्ष रुपमा बैठक बोलाएकाले बैठकमा सहभागी नहुने सर्वसम्मत निर्णय भएको बताए । बैठकले पार्टी एकताका लागि आह्वान समेत गरेको छ । ओलीले बोलाएको बैठकमा नजाने विषयमा माधव समूहका सबै नेता एकमत देखिएको पन्तले बताए । माधव पक्षले प्याकेजमा सहमति गरिनुपर्ने बताउँदै आएको छ ।
नेपाल पक्षको बैठकमा संस्थापन पक्षसँग वार्तामा रहेका नेताहरुले अहिलेसम्म भएका छलफलको बारेमा जानकारी गराएको र कुनै पनि सहमति नभएको बताएका थिए
सम्बन्धित















प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
बेलुकी ६ बजेसम्म २९२५ जनाको उम्मेदवारी दर्ता
स्याङ्जामा ट्र्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ घाइते
ऋषि धमलाले रौतहट-४ मा गराए उम्मेदवारी दर्ता
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
प्रतिक्रिया