शुक्रबार बस्ने केन्द्रिय कमिटीको बैठकमा सहभागी नहुने नेपाल पक्षको निर्णय
मेरोन्यूज
२०७८ असार १७ गते १८:४७

काठमाडौं । नेकपा एमाले माधव नेपाल पक्ष शुक्रबार बस्ने पार्टीको केन्द्रिय कमिटीको बैठकमा नजाने भएको छ । आज बुद्धनगरस्थित क्वालिटी वैंक्वेटमा बसेको नेपाल पक्ष स्थायी कमिटीको बैठकले पार्टीको केन्द्रिय कमिटीको बैठकमा नजाने निर्णय गरेको नेता रघुजी पन्तले मेरोन्यूजलाई बताए ।
उनले पार्टी अध्यक्ष केपी शर्माले एक पक्ष रुपमा बैठक बोलाएकाले बैठकमा सहभागी नहुने सर्वसम्मत निर्णय भएको बताए । बैठकले पार्टी एकताका लागि आह्वान समेत गरेको छ । ओलीले बोलाएको बैठकमा नजाने विषयमा माधव समूहका सबै नेता एकमत देखिएको पन्तले बताए । माधव पक्षले प्याकेजमा सहमति गरिनुपर्ने बताउँदै आएको छ ।
नेपाल पक्षको बैठकमा संस्थापन पक्षसँग वार्तामा रहेका नेताहरुले अहिलेसम्म भएका छलफलको बारेमा जानकारी गराएको र कुनै पनि सहमति नभएको बताएका थिए
सम्बन्धित
















‘बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार’:राष्ट्रपति पौडेल
लगातार तेस्रो दिन घट्यो सेयर बजार, नेप्से २७३८ अंकमा
अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना
अफगानिस्तानको सुन खानीमा विस्पोट, पाँच जनाको मृत्यु
पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
पार्टी संसदीय दलले राष्ट्रिय आवश्यकताअनुसार सबैलाई मिलाएर लैजान्छ : सभापति थापा
प्रतिक्रिया