युनिसेफद्वारा लिबियामा विद्यालय जाने बालबालिकाको सुरक्षाप्रति चासो व्यक्त

त्रिपोली । संयुक्त राष्ट्र बाल कोष (युनिसेफ) ले लिवियामा सशस्त्र द्वन्द्वका कारण विद्यालयस्तरका बालबालिकाको सुरक्षामा चिन्ता व्यक्त गरेको छ । जुन २६ मा विद्यालयनजिकै भएको गोली काण्डमा दुई बच्चाहरू घाइते भएका पुष्टि भएकोमा एक जना गम्भीर घाइते भएका थिए ।
यी दुई बच्चाहरू साथीहरूसँग विद्यालय जाँदा त्रिपोलीको पश्चिममा रहेको जावाराको अल–जादीदा नगरपालिकामा गोली चलेको कारण घाइते भएका थिए । उनीहरू विद्यालय बाहिर बन्दुकधारीबीच झगडा हुँदा घाइते भएका यूुनिसेफद्वारा जारी एक विज्ञप्तिमा उल्लेख छ ।
संयुक्त राष्ट्र संघीय यस निकायले विद्यालय जाँदा आउँदासमेत बालबालिका घाइते हुने अवस्था रहेको भन्दै उनीहरूको सुरक्षाका लागि लिवियाली सरकार, विपक्षी दल त्यहाँ कार्यरत अधिकारबादी संघसंस्थालगायत सम्बद्ध सबैको ध्यानाकर्षण गरेको छ ।
यूनिसेफले भनेको छ, “लिबियामा शान्तिको प्रक्रिया सूरु भएपछि पनि नागरिक र बच्चाहरूसमेत गोलीको शिकार हुनुपर्ने अवस्था रहेको छ । यसप्रति स्वदेशी तथा अधिकारवादी अन्तर्राष्ट्रिय सबै पक्ष संबेदनशील बन्न आवश्यक भएको छ ।”
अक्टूबर २०२० मा हस्ताक्षर गरेको युद्धविराम सम्झौताको कडाईका साथ पालना गर्न र दिगो शान्तिको लागि काम गर्न लिबियाका अधिकारी र द्वन्द्वरत सशस्त्र समूहसँग पुन्ः आग्रह गरेको हो । युनिसेफले भनेको छ, “बच्चाहरू सिक्न, बढ्न, खेल्न र सुरक्षित रहन सक्ने विद्यालयहरू सुरक्षित स्थानहरू हुनुपर्दछ ।
अभिलेखहरूले लिबियाली हिंसाले बच्चाहरूमा गहिरो र दिगो प्रभाव पारेको देखाएका छन् ।” २०११ मा उत्तर एटलान्टिक सन्धि संगठन ‘नेटो’ समर्थन प्राप्त विद्रोही समूहले देशको लामो समयका नेता मुअम्मर गद्दाफीलाई सत्ताच्युत गरेपछि उत्तर अफ्रिकी देश असुरक्षा र अशान्तिमा परेको छ । गद्दाफीको सत्ताबाट हटाइएपछि गरिएको कारबाहीमा मृत्यु भएको थियो ।

















निर्वाचन बिथोल्ने गतिविधि नगर्न वाइसिएलको आग्रह
अहिलेको चुनावले कुनै निकास नआउने भन्दै निर्वाचन पछि सार्न राजेन्द्र लिङदेनको प्रस्ताव
नेकपाले दमन र तोडफोडका प्रवृत्तिविरुद्ध लड्दै मुलुकलाई समृद्धितर्फ लैजान्छ : संयोजक दाहाल
पोखरा गोल्डकपको उपाधि सहारालाई
आगामी निर्वाचनमार्फत देश र लोकतन्त्रले जित्नुपर्छ : पूर्वप्रमुख निर्वाचन आयुक्त
फागुन ७ गते बिहीबारकाे राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
टुँडिखेलमा प्रजातन्त्र दिवस (फोटो फिचर)
सुर्खेत पुगेर बालेनले भने – कर्णालीको गहिराइ कसैले बुझेन
एमालेका नेता पूर्वमन्त्री मानन्धर कांग्रेसमा प्रवेश
केन्द्रीय सुरक्षा समितिको बैठक निर्वाचनमा केन्द्रीत
प्रतिक्रिया