१३ फुटबल खेलाडीको कोरोना रिपोर्ट नेगेटिभ

काठमाडाैं । कोरोना भाइरसबाट सङ्क्रमित नेपाली राष्ट्रिय फुटबल टोलीका १३ खेलाडी तथा पदाधिकारीको दोस्रो रिपोर्ट आज नेगेटिभ आएको छ । सात खेलाडी तथा पदाधिकारीको रिपोर्ट आउन बाँकी छ ।
यसअघि २० खेलाडी तथा पदाधिकारीको गत साता कोरोनाको रिपोर्ट पोजेटिभ आएको थियो । बाँकी सात जनाको रिपोर्ट शुक्रबारसम्ममा आउने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का प्रवक्ता एवम् सचिव किरण राईले जानकारी दिए ।
खेलाडी तथा पदाधिकारीमा सङ्क्रमण देखिएपछि आजदेखि शुरु गर्ने भनिएको बन्द प्रशिक्षण स्थगित गरिएको थियो । अब बन्द प्रशिक्षण यही असार २३ गतेदेखि थाल्ने उनले बताए । साफ फुबटवल च्याम्पियनसिप र एएफसी एसियन कपको छनोटको तयारी गर्न बन्द प्रशिक्षणका लागि ५० खेलाडी छनोट गरिएको थियो ।
राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले प्रारम्भिक टोली घोषणा गरेका हुन् । प्रशिक्षण दुई चरणमा हुने छ । एउटा टोलीले बिहान तथा अर्को टोलीले अपरान्ह अभ्यास गर्ने छ । बन्द प्रशिक्षणका लागि अर्पण कार्की, विकेश कुथु, विशाल श्रेष्ठ, विशाल सुनार, दीप कार्की, किरणकुमार लिम्बु, आशिष लामा, अभिषेक रिजाल, अमित तामाङ र अनन्त तामाङ छनोट भएका छन् ।
यसैगरी अन्जन विष्ट, एरिक विष्ट, आयुष घलान, भरत खवास, विवेक बस्नेत, विशाल राई, दर्शन गुरुङ, दिनेश राजवंशी, दोना थापा, गौरव बुढाथोकी, गौतम श्रेष्ठ, जर्जप्रिन्स कार्की, कमल थापा, मनिष डाँगी, मिक्चेन तामाङ, नवयुग श्रेष्ठ, निरज बस्नेत र निशान खड्का पनि बन्द प्रशिक्षणका लागि छनोटमा परेका छन् ।
यस्तै छनोट गरिएका अन्य खेलाडीहरुमा नितिन थापा, प्रकाश बुढाथोकी, प्रिजन तामाङ, पुजन उपरकोटी, राजन गुरुङ, रजीन धिमाल, राजिव लोप्चन, रन्दीप पौडेल, रवी पासवान, रोहित चन्द, सन्जोक राई, सन्तोष तामाङ, सेसेहाङ आङ्देम्बे, शिशिर लेखी, सुदील राई, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनील बल, सुरज ज्यु ठकुरी, तेज तामाङ र त्रिदेव गुरुङ रहेकाे एन्फाले जनाएको छ ।
साफ च्याम्पियनसिप आगामी सप्टेम्बर १४ देखि २५ तारिखसम्म बंगलादेशमा हुनेछ भने एसियन कपको अन्तिम छनोट सन् २०२२ को फेब्रुअरीमा हुनेछ ।
















देश र जनताप्रति जिम्मेवार भएर प्रस्तुत हुन सांसदहरुलाई सभापति लामिछानेकाे निर्देशन
PM Karki and National Assembly Chair Dahal hold courtesy meeting
निर्वाचन सफल पार्न सहयोग गरेकाेमा नेकपालाई प्रधानमन्त्रीले दिइन् धन्यवाद
बाँकेमा ‘आगो नियन्त्रण दस्ता’ निर्माण
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
चुनौतीका बीच सम्मानजनक मत पायौँः उज्यालो नेपाल पार्टी
आयल निगमद्वारा पेट्रोलियम पदार्थको व्यापक मूल्य वृद्धी
प्रतिक्रिया