युरोकप २०२०
क्वाटरफाइनलका खेल आज सुरु हुँदै
आज स्वीट्जरल्याण्ड र स्पेन तथा बेल्जियम र इटली भिड्दै

काठमाडौं । युरोकप २०२० को क्वाटरफाइनल खेलहरु आजबाट सुरु हुँदैछन् । अन्तिम १६ को खेल सकिएपछि दुई दिन विश्राम भएको थियो ।
आज क्वाटरफाइनलका दुई खेल हुनेछन् । पहिलो खेल स्वीट्जरल्याण्ड र स्पेनबीच हुँदा दोस्रो खेलमा बेल्जियम र इटलीले प्रतिस्पर्धा गर्नेछन् ।
पहिलो पटक युरोकपको क्वाटरफाइनल पुगेको स्वीट्जरल्याण्ड र सर्वाधिक ३ पटकको विजेता स्पेनबीचको खेल रुसको सेन्ट पिटर्सवर्गमा नेपाली समय अनुसार राति पौने १० सुरु बजे हुनेछ ।
प्रिक्वाटरफाइनलमा स्वीट्जरल्याण्डले साविक उपविजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले पराजित गरेको थियो । यस्तै स्पेनले अतिरिक्त समयमा क्रोएसियालाई ५–३ ले पराजित गरेको थियो ।
स्वीट्जरल्याण्ड ६७ वर्षपछि ठूलो प्रतियोगितामा क्वाटरफाइनल पुगेको हो । स्वीट्जरल्याण्डले पछिल्लो पटक सन् १९५४ मा विश्वकपको क्वाटरफाइनल खेलेको थियो ।
स्पेन २०१६ को युरोकपमा क्वाटरफाइनलबाटै बाहिरिएको थियो । सन् १९६४ को दोस्रो संस्करणको च्याम्पियन स्पेनले सन् २००८ र २०१२ मा लगातार युरोकप उपाधि जित्दै यस्तो उपलब्धि हासिल गर्ने पहिलो टिमको कीर्तिमान बनाएको थियो ।
आजै हुने दोस्रो खेलमा बेल्जियमले इटलीसँग प्रतिस्पर्धा गर्नेछ । जर्मनीको म्युनिकमा हुने खेल नेपाली समय अनुसार राति पौने १ बजे सुरु हुने छ ।
दुवै टोली अहिलेसम्म शतप्रतिशत जितसहित क्वाटरफाइनल पुगेका छन् । छनोटमा पनि दुवै टोलीले सबै १० खेल जितेका थिए । त्यसैले पनि यो खेल रोमाञ्चक बन्ने अपेक्षा छ । हार्ने टोली युरोकपबाट बाहिरिनेछ ।
क्वाटरफाइनलका बाँकी दुई खेल भोलि हुनेछ । जसमा चेक रिपब्लिक र डेनमार्क तथा युक्रेन र इंग्ल्याण्ड भिड्नेछन् ।

















रुसको बैकाल तालकाे हिउँमा बस डुब्दा सात चिनियाँ पर्यटकको मृत्यु
कांग्रेस केन्द्रीय अनुशासन समितिको कार्यविधि–२०८२ पारित
पोखरा विश्वविद्यालयका छ हजार छ सय २२ दीक्षित
दाङमा एमालेको झण्डा जलाएको विरोधमा काठमाडौँमा मसाल जुलुस
चोरीका मोटरसाइकलको पार्टपुर्जासहित तीन जना पक्राउ
स्कटल्यान्डविरुद्ध ७ विकेटको जितसँगै नेपालको विश्वकप यात्रा सकियो
शिवरात्रिको दिन पशुपतिमा प्रहरी कुट्ने युवक पक्राउ
रूसले कब्जा गरेको युक्रेनी भूभागका बिषयले राेक्याे सम्झौता
बैतडीमा चार सय सात जनाले हातहतियार बुझाए
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै
प्रतिक्रिया