ताप्लेजुङको सिरिजङ्गामा बसाइँ सर्ने बढेको वढ्यै
मेरोन्यूज
२०७८ असार १९ गते ९:०६

ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाबाट एकैवर्षमा पाँचसय जना बढी बसाइँ सरेका छन् । चालू आर्थिक वर्ष २०७७÷७८ को यो अवधिसम्ममा कूल पाँच सय ३० जना बसाइँ सरेर अन्यत्र गएका छन् ।
गाउँपालिका पञ्जीकरण शाखाको तथ्याङ्कअनुसार पाँचसय ३० जना बसाइँ गएका छन् भने २० जना अन्यत्र ठाउँबाट बसाइँ सरी आएका छन् । तथ्याङ्कअनुसार वडा नं। ७ खेबाङबाट सबैभन्दा बढी एकसय ४९ जना बसाइँ सरी अन्यत्र गएका छन् । खेबाङमा चारजना भित्रिएका छन् ।
यस्तै गाउँपालिका–८ याम्फुदिनबाट सबैभन्दा थोरै १३ जना बसाइँ सर्दा एकजना भित्रिएका छन् । यसैगरी वडा नं। १ सिनामबाट ५३, २ आम्बेगुदिनबाट एकसय २०, ३ सिकैँचाबाट ७३ र ४ तेल्लोकबाट ६४, ५ पेदाङबाट ४० र ६ मामाङ्खेबाट १८ जना बसाइँ गएका छन् ।
सम्बन्धित


















यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
प्रतिक्रिया