पत्रकारमाथि अर्नगल टिप्पणी गर्ने वडाध्यक्ष चौधरीमाथि कारवाही माग
कपिलबस्तु । पत्रकारमाथि अर्नगल टिप्पणी गर्ने कपिलबस्तु बिजयनगर–७ का वडाध्यक्ष दिनेश चौधरीमाथि नेपाल पत्रकार महासंघ कपिलबस्तु शाखाले कारवाहीको माग गरेको छ ।
कपिलबस्तु शाखाका सदस्य पत्रकार सनिउल्ला धोबी माथि वडाध्यक्ष चौधरीले आफनो समाचार प्रसारण गरेको भन्दै सामाजिक सञ्जाल फेसबुकको दुरुपयोग गर्दै चरित्र हत्या प्रयास गरेका थिए ।
वडा अध्यक्षको यस्तो हर्कतका विरुद्ध पत्रकार महासंघले उनलाई कारवाहीको माग गरेको हो ।
महासंघले समाचारको बिषयमा असन्तुष्टि वा चित्त नबुझेको भए उजुरी गर्ने स्थान हुँदा हुँदै फेसबुक मार्फत अर्नगल टिप्पणी गर्दै चरित्र हत्या गरिएको भन्दै वडाध्यक्षमाथि ऐन कानुन अनुसार कारवाहीको माग गरिएको छ ।
महासंघले आगामी दिनमा पत्रकारमाथि यस्ता लक्षित घटना नगर्न समेत सचेत गराएको पत्रकार महासंघ कपिलबस्तु शाखाका अध्यक्ष किरनमान वज्रार्चायले जानकारी दिए ।



















यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
प्रतिक्रिया