जनकपुरबाट फर्केर सीधै माधव नेपाल निवास किन पुगे प्रचण्ड ?
उता सिंहदरवारमा एमाले मिलाउन कार्यदल वार्ता, यता नेपाल निवासमा प्रचण्ड-नेपालको छुट्टै वार्ता

काठमाडौं। एमालेभित्रको विवाद मिलाउन सिंहदरबारमा कार्यदल तहको छलफल दोस्रो दिन जारी रहेका बेला उता माधव नेपाल निवासमा प्रचण्ड र माधव नेपालवीच भेटवार्ता शुरु भएको छ । एमालेभित्रको विवादमा निष्क्रिय रहेको कार्यदल फेरि ब्यूँतिएर सहमति खोजी भइरहेका बेला प्रचण्ड नेपाल निवास कोटेश्वर पुगेका हुन् ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य महादेव यादवको निधनमा श्रद्धाञ्जली दिन जनकपुर पुगेर फर्केका प्रचण्ड एयरपोर्टबाट सीधै माधव नेपाल निवास गएका हुन् । केहीबेर अगाडिबाट त्यहाँ प्रचण्ड र नेपालका वीचमा भेटवार्ता शुरु भएको नेपालको निजी सचिवालय स्रोतले जनाएको छ ।
पार्टीभित्रको आन्तरिक विवाद मिलाउन गत जेठ २ गते गठन गरेर निष्क्रिय रहेको कार्यदल ब्यूँताउने र त्यहाँ बन्ने सहमतिको मस्यौदामा मात्रै ओली र नेपालका बीचमा वार्ता गर्ने नेपालको सर्त ओलीले स्वीकार गरेपछि एमालेभित्रको विवाद करिब मिल्ने दिशामा गएको थियो ।
सोमबार देउवा निवासमा देउवा, प्रचण्ड र नेपालका बीचमा छलफल गर्ने तयारी भए पनि साझ नेपाल छलफलमा समेत पुगेका थिएनन । त्यसपछि भने नेपाल निवासमै प्रचण्ड पुगेका हुन् । ओलीपक्षले नेपाललाई विपक्षी गठबन्धनबाट अलग्गाउने प्रायस गरिरहेको छ ।
एमालेमा देखिएको यो एकताको पछिल्लो प्रयासपछि विपक्षी गठबन्धन अब माधव नेपालको सहभागिता के होला ? भन्ने प्रश्न उठ्न थालेको छ । त्यही बेला प्रचण्डको नेपाल निवासमा शुरु भएको भेटवार्तालाई निक्कै अर्थपूर्ण मानिएको छ ।
















आणविक वार्ताको प्रगतिमा बाधक पश्चिमा भएको इरानको दावी
अमेरिकी इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर भोलि नेपाल आउँदै
वर्तमान परिस्थितिमा निर्वाचनको विकल्प छैनः संयोजक दाहाल
निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन
देशलाई विकास र सुशासन चाहिएको छ : लामिछाने
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
आईसीसी टी–२० विश्वकप: श्रीलंकाको विजयी सुरुवात, आयरल्यान्ड पराजित
टी-२० विश्वकपमा आज तीन खेल, नेपाल रहेको समूहबाट भिड्दैछन् स्कटल्याण्ड र इटाली
सिरहा कारागारभित्र कटुवा पेस्तोल र गोली बरामद, नाइकेसहित १३ जना नियन्त्रणमा
गोदाममा छापा हान्दा तस्कर समुहको आक्रमण, ३ सशस्त्र घाइते
प्रतिक्रिया