हरिणको अवैध शिकार गरेको आरोपमा दुई पक्राउ

झापा । वन्यजन्तुको अवैध शिकार गरेको आरोपमा प्रहरीले कचनकवल गाउँपालिका—३ बाट हरिणको छालासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीयवासी ४० वर्षीय लुखिराम हास्दा र २४ वर्षीय समन टुडु रहेका छन् ।
पक्राउ परेका दुबैसहित आठ जनाले सोमबार अभिमुक्तेश्वर सामुदायिक वनमा रहेको हरिण मारेर खाएको प्रहरीले जनाएको छ । हरिण मारेर घरमा छाला सुकाइरहेको खबर पाएपछि पथरिया प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले घटनास्थलमा पुगेर हास्दा र टुडुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाले जानकारी दिए ।
सो घटनामा संलग्न अन्य व्यक्ति फरार रहेको र उनीहरुको खोजतलास भइरहेकोे उहाँले बताउनुभयो । पक्राउ परेका दुबै जनालाई डिभिजन वन कार्यालय झापामा बुझाइने प्रहरीले जनाएको छ ।
झापाको जलथल र निचाझोडा जङ्गलमा हरिण, बँदेललगायत वन्यजन्तुको अवैध शिकार हुने गरेको स्थानीयवासी बताउँछन् । वन्यजन्तुको मासु शहरका होटल र उच्च घरानाका व्यक्तिले महँगो मूल्यमा खरिद गर्ने भएकाले चोरी शिकारीमा लागेकाहरु सक्रिय हुने गरेका छन् ।
















काभ्रेपलाञ्चोकमा बालश्रममुक्त उद्योग घोषणा अभियान सुरु
सुदूरपश्चिममा ९ महिनामा १४ सय फरार कैदी पक्राउ
सङ्क्रमणकालीन न्यायलाई छिटो निष्कर्षमा पुर्याउन सर्वोच्चको परमादेश
दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासंघ दृढ
वर्षापछि काठमाडौँ उपत्यकाको वायुको गुणस्तरमा सुधार
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
प्रतिक्रिया