एमाले कार्यदल बैठक आज पनि बस्दै

काठमाडौं । नेकपा (एमाले) को कार्यदलको बैठक आज पनि बस्ने भएको छ । बिहान साढे ८ बजे बस्ने भनिएको बैठक १०.३० सरेको हो । उक्त बैठकमा सर्वोच्च अदालतको फैसलापछि पुनर्जीवित एमालेमा संगठनात्मक प्रणालीको विषयमा छलफल हुने छ ।
यसअघि मंगलबार बसेको बैठकमा पार्टीमा देखिएको समस्या कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा कार्यदल सदस्यहरुले धारणा राखेका थिए । पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता माधव नेपाल सम्मिलित १० सदस्य कार्यदलको बैठक सोमबारबाट सिंहदरबारस्थित अर्थमन्त्रालयमा बस्दै आएको छ ।
तीन बुँदे सहमतिको प्रयास कार्यदल तहमा खोजी जारी छ । पार्टीलाई जेठ २ मा फर्काउने र त्यसवेलाका सम्पूर्ण पार्टी संरचना क्रियाशिल गराउने, प्रतिनिधिसभा विघटनका सर्न्दभमा अदालतमा पुगेको मुद्दामा अब अदालतले जे निर्णय दिन्छ । त्यसलाई दुवै पक्षले मानेर जाने, त्यसमा आग्रह-पूर्वाग्रह नराखिने र अदालतको निर्णयपछि भने अब के गर्ने भन्नेमा एमालेको बैठक बसेर गर्ने निर्णयलाई दुवै पक्षले मानेर एकताबद्ध भएर जाने गरी छलफल अगाडि बढेको नेताहरूको भनाई छ ।
















विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
यस्ता छन् बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
काठमाडौँमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
प्रतिक्रिया