गणेशमान सिंह प्रजातन्त्र सेनानी सम्मान ११ जनालाई प्रदान

काठमाडौं । गणेशमान सिंह प्रजातन्त्र सेनानी सम्मान ११ जनालाई प्रदान गरिने भएको छ । गणेशमान सिंह फाउण्डेशनले विसं २०४६ को जनआन्दोलनका कमाण्डर एवं लौहपुरुष सिंहको स्मृतिमा स्थापना गरिएको उक्त सम्मान विसं २०४६ मा प्रजातन्त्र ल्याउनका लागि सिंहको अभियानमा जोडिनुभएका प्रजातन्त्र सेनानीलाई प्रदान गर्न लागेको हो ।
फाउण्डेशनले प्रजातन्त्र सेनानी चोरेन्द्रमानसिंह प्रधान, राजकृष्ण अमात्य, स्व अरविन्द ठाकुर, स्व सूर्यप्रसाद रेग्मी, स्व गिरिराजकुमारी प्रसाईँ, श्रीपटनाथ जोशी, फोटो पत्रकार मीनरत्न बज्राचार्य, रोमहरि अधिकारी, ध्रुव खनाल, वरिष्ठ पत्रकार भैरव रिसाल र डिल्लीप्रसाद सिटौलालाई प्रदान गर्न लागेको हो ।
फाउण्डेशनले मङ्गलबार प्रजातन्त्र सेनानी खनाल र वरिष्ठ फोटो पत्रकार बज्राचार्यलाई सम्मान गरेको थियो । यस्तै क्रमशः नौ जनालाई सम्मान गर्दै जाने फाउण्डेशनका कार्यालय सचिव धर्मरत्न पाछैले बताए। मङ्गलबार खनाल र बज्राचार्यलाई कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले प्रमाणपत्र, दोसल्ला र नगद रु २५ हजारद्वारा सम्मान गरेको थियो ।
















काभ्रेपलाञ्चोकमा बालश्रममुक्त उद्योग घोषणा अभियान सुरु
सुदूरपश्चिममा ९ महिनामा १४ सय फरार कैदी पक्राउ
सङ्क्रमणकालीन न्यायलाई छिटो निष्कर्षमा पुर्याउन सर्वोच्चको परमादेश
दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासंघ दृढ
वर्षापछि काठमाडौँ उपत्यकाको वायुको गुणस्तरमा सुधार
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
प्रतिक्रिया