जीवन विकास लघुवित्तको आइपिओे बाँडफाँट, १९ लाख भन्दा बढिले पाएनन् शेयर

काठमाडौं । जीवन विकास लघुवित्त कम्पनीले सर्वसाधारणका लागि जारी गरेको आइपिओ बाँडफाँट गरिएको छ । बिक्री प्रबन्धक एनएमबी क्यापिटलले आज बिहान शेयर बाँडफाँट गरेको हो ।
कम्पनीले यही असार ११ देखि १५ गतेसम्म सर्वसाधारणका लागि आइपिओ जारी गरेको थियो । संस्थाको आइपिओमा २० लाख ८७ हजार ३१७ जनाले आवेदन दिएका थिए । आवेदन दिएकामध्ये ६९ हजार नौजनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ । ६९ हजार नौजनाको आवेदनमध्ये केहीको आवेदन अयोग्य भएको र केहीको आवेदन रद्द भएको क्यापिटलले जनाएको हो ।
आवेदन गरेका मध्येबाट २० लाख १८ हजार ३०८ जना आवेदक योग्य रहेका छन् । मागभन्दा बढीको आवेदन परेपछि क्यापिटलले योग्य रहेका उक्त आवेदकलाई गोलाप्रथामा सहभागी गराई शेयर बाँडफाँट गरेको थियो । सोअनुसार गोलाप्रथाबाट एक लाख ८४ हजार ८०१ जनाले १० कित्ता शेयर पाएका छन् भने पाँचजनाले ११ कित्ता शेयर पाएका छन् । आवेदन दिएकामध्ये १९ लाख दुई हजार ५१६ आवेदकले शेयर पाएनन् ।
कम्पनीले रु एक सय अङ्कित दरका १९ लाख ७७ हजार ३०० कित्ता साधारण शेयर बिक्री खुला गरेको थियो । त्यसमध्ये जारी पूँजीको पाँच प्रतिशत अर्थात् ३० हजार ४२० कित्ता शेयर कर्मचारीका लागि र कूल निष्कासनको पाँच प्रतिशत अर्थात् ९८ हजार ८६५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको थियो ।
आइपिओको नतिजा मेरोशेयर, सिडिएसले आइपिओ नतिजाका लागि तयार पारेको वेबसाइट र बिक्री प्रबन्धक एनएमबी क्यापिटलको वेबसाइटबाट हेर्न सकिनेछ । रासस









प्रधानमन्त्रीको सचिवालयमा अब कति जना ?
दक्षिण अफ्रिकाद्वारा जी–२० को नेतृत्व अमेरिकालाई हस्तान्तरण
रास्वपा र विवेकशील साझाबीच एकता हुने
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
रवी बोपरा बने एनपिएलमा ह्याट्रिक अर्धशतक हान्ने पहिलो खेलाडी
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
बागलुङमा थपिए ५ हजार ३९३ मतदाता
देउवाकै हस्ताक्षर लिएर कांग्रेस चुनावमा जाँदैन : गगन थापा
प्रतिक्रिया