लगातार घट्दै शेयर बजार

काठमाडौं । स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से परिसुचक कारोबार हुने साताको चौथो दिन आज बुधबार नेप्से १६ दशमलब ९७ अंकले घटेर २ हजार ८ सय १ दशमलब १३ बिन्दूमा पुगेको छ ।
यो अघिल्लो दिनको तुलनमा शुन्य दशमलब ६ प्रतिशतले कम हो । गत महिना जेठ ३१ गते ३ हजार २५ बिन्दूमा पुगेको शेयर बजार त्यसयता निरन्तर ओरालो लागेको छ । बुधबार कुल २ सय २२ कम्पनीको ४६ हजार १ सय ८३ कारोबारबाट ४ अर्ब ५८ करोड ५८ लाख १ हजार ९ सय ७६ रुपैयाँबराबरको १ करोड १६ लाख ६४ हजार २ सय ७ कित्ता शेयर किनबेच भएको स्टक एक्सचेञ्जले जनाएको छ ।
यसैबिच, सरकारको बहुमत स्वामित्व रहेको हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) मा कर्मचारी सञ्चय कोषलगायतका अन्य संस्थापक संस्थानको स्वामित्व घट्ने भएको छ । सञ्चय कोष, नागरिक लगानी कोष र राष्ट्रिय बिमा संस्थानले हकप्रद सेयरमा थप लगानी नगरेपछि एचआईडीसीएलमा उनीहरुको सेयर स्वामित्व घट्ने अवस्था आएको हो ।
यी संस्थाको अहिले एचआईडीसीएलमा ३० प्रतिशत स्वामित्व रहेको छ । हकप्रद सेयर नकिनेपछि उनीहरुको स्वामित्व १५ प्रतिशतमा झर्ने छ । सञ्चय कोष, लगानी कोष र बिमा संस्थाले हकप्रद सेयर नकिनेपछि बिक्री नभएको ३ करोड ३० लाख कित्ता लिलामीबाट बेच्ने एचआईडीसीएलले जनाएको छ । नेपाल धितोपत्र बोर्डसँग छलफल गरेर बाँकी सेयर बोलकबोलबाट बेच्ने उनले स्पष्टपारे । कम्पनीमा सञ्चय कोष, लगानी कोष र बिमा संस्थानले थप लगानी नगर्ने निर्णय गरेका छन ।
यस्तै सेयर बजारलाई प्रत्यक्ष असर पार्ने मौद्रिक नीतिले कस्तो दिशा लिन्छ भन्ने आम चासो रहँदा सेयर लगानीकर्ता ‘पर्ख र हेर’ को रणनीतिमा लागेका छन् । मौद्रिक नीतिले सेयर बजारलाई नियन्त्रण गर्छ भन्ने अफवाह फैल्याएर बजारलाई घटाउने प्रयास भइरहेको लगानीकर्ता नवराज अधिकारी बताउँछन् ।
मौद्रिक नीतिले बजारलाई प्रभावित बनाउने आँकलन गर्न थालेसँगै नयाँ र साना लगानीकर्ता बढी आत्तिएका छन् । अब के हुने हो भन्ने अन्योलता पनि उनीहरुमा बढेको छ । सोही कारण बजार थप सुस्त हुन गएको हो ।
कर तिर्नुपर्ने, बैंकको साँवा र ब्याज भुक्तानीको दबाबले पनि बजारले सुस्त बनाउन सहयोग गरेको हो । लकडाउन सहज हुँदा पनि कतिपय आकलझुकल आउने लगानीकर्ता आफ्नै कामतिर लाग्दा कारोबार रकममा केही असर गरेको अनुमान गरिएको छ ।
सेयर बजार सकारात्मक हुन आम लगानीकर्ताको मनोबल सुधार हुनैपर्छ । घटेको बजार फेरि बढ्छ भन्नेमा विश्वस्त हुन जरुरी छ । बजार लामो समयदेखि सुस्त बन्दा सेयर मूल्य भने निकै सस्तो भइसकेको छ । सबल कम्पनीहरुको समेत भाउ निकै सस्तो भएकाले सर्वसाधारण लगानीकर्तालाई छानीरोजी किन्ने अवसर प्राप्त भएको छ । सस्तो भएका बेला किन्ने रणनीति बनाउने लगानीकर्तालाई यो राम्रो अवसर पनि हो ।

















इरानमा शनिबार इजरायलले गरेको आक्रमणमा अमेरिका पनि संलग्न छ : डोनाल्ड ट्रम्प
बेलिब्रिज भाँचिदा अरुण नदीमा खस्यो निर्माण सामग्री बोकेको ट्रक
ला पाजमा सैन्य विमान दुर्घटना अपडेट : १५ जनाको मृत्यु
रास्वपाकाे आज काठमाडौँ उपत्यका केन्द्रित चुनावी अभियान
मौनअवधिका लागि विशेष निगरानीको व्यवस्था गरिएको छ: निर्वाचन आयुक्त राणा (अन्तर्वार्ता)
अन्तर्राष्ट्रिय शिक्षण–सिकाइ कार्यशाला आयोजना गर्दै न्यू समिट माध्यमिक विद्यालय
निर्वाचनका दिन गाडी चलाउन अनुमति लिनुपर्ने
फागुन २० गते राति १२ बजेदेखि मतदान नसकिएसम्म सवारीसाधन चलाउन नपाइने
‘मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’
गृहमन्त्री अर्यालद्वारा ‘जेनजी’ युवाहरुको अनशन तोडाइयो
प्रतिक्रिया