कोरोनाको तेस्रो लहरबाट बालबालिका प्रभावित हुने देखिन्छ : डा. राई

काठमाडौं । बाल रोग विशेषज्ञ डा. गणेश कुमार राईले बालबालिकाहरुका लागि कोरोनाविरुद्धको खोप नहुदाँ तेस्रो लहर उनीहरु जोखिममा पर्ने देखिएको बताउँछन् । बाल आईसियु र भेन्टिलेटर थप्ने काम पनि अगाडी बढाइएको उनले जानकारी दिए । उनका अनुसार बैंक र वित्तिय संस्थाहरुले सरकारी अस्पतालमा बाल आइसीयू र भेन्टिलेटर सहयोग गरिरहेको उनले जानकारी दिए ।
यदि नेपालमा कोरोनाको तेस्रो लहर आएमा बालबालिकाहरुलाई कसरी जोगाउँने भनेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव स्तरियमा बालरोग विशेषज्ञहरुको बैठक बसेको उनले जानकारी दिए । कोरोनाले गर्दा बालबालिकाहरुको बृद्धिविकासमा पनि असर गर्ने देखिएको उनले जानकारी दिए ।
उनका अनुसार पश्चिमी देशहरुमा १२ वर्षभन्दा माथिकाहरुमा खोप लगाउँन सुरु गरिएको अवस्था रहेको छ । तर हाम्रो देशमा नेपालमा खोप आईहाल्ने अवस्था छैन् ।
जनस्वास्थ्यको मापदण्ड थाहाँ हुदै पनि हामीले वेवस्ता गरेको उनको भनाई छ । उनलेभने,“हामी सबै जना मिलेमा मात्र कोरोनालाई परास्त गर्न सक्छौं ।”
उनका अनुसार लकडाउन खुकुलो बनेको अवस्था छ तर हामी दुरीको पालना गरेको देखिदैन् ।
कोरोना भाइरसको तेस्रो लहर आउने विज्ञहरुले बताउँदै आएका छन् ।
















काभ्रेपलाञ्चोकमा बालश्रममुक्त उद्योग घोषणा अभियान सुरु
सुदूरपश्चिममा ९ महिनामा १४ सय फरार कैदी पक्राउ
सङ्क्रमणकालीन न्यायलाई छिटो निष्कर्षमा पुर्याउन सर्वोच्चको परमादेश
दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासंघ दृढ
वर्षापछि काठमाडौँ उपत्यकाको वायुको गुणस्तरमा सुधार
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
प्रतिक्रिया