‘ह्वाइट हाउस एसईइ प्रिन्सेज २०२१’ को दसौं संकरणको आवेदन फारम खुल्ला

काठमाडाैं । मिस ई कलेज, जुनियर स्कूल प्रिन्सेस्, मिस एयर होस्टेस , मिस टिन कलेज, मिसेस व्यूटी क्वीन नेपाल तथा अन्तर्राष्ट्रिय जगतमा विभिन्न अवार्ड कार्यक्रमहरुको निरन्तरता संगै सिजन मिडिया प्रालिले एसइई परीक्षा दिएर बसेका युवतीहरुमा केन्द्रित गरी विगत १० वर्षदेखि निरन्तर रुपमा गर्दै आएको ( ह्वाइट हाउस एसईइ प्रिन्सेज २०२१ ) नामक कार्यक्रमको आवेदन फारम खुल्ला गरेकाे छ ।
कार्यक्रमको लागि व्राण्ड प्रायोजकमा हिमालयन ह्वाइट हाउस इनटरनेशनल कलेज रहेको छ भने मुख्य प्रायोजकमा नामि कलेज रहेको छ । साथै अन्य कलेजहरुमा क्याम्पीयन एकाडमी, साउथ वेस्टन स्टेट कलेज ,रेडन कलेज आदिको सहयोग रहेको छ । यो प्रतियोगितामा २०७७ सालमा एसईइ परिक्षामा समावेश भएको र आफ्नो नतिजाको पर्खाइमा रहेका छात्राहरुल सहभागिता गर्न पाउनेछन् ।
उनीहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर , नेतृत्वदायी क्षमताको विकास उच्च शिक्षा अध्ययनमा सहयोगी र मनोरन्जन तथा मोडलिङयात्राको लागि पनि सहयोग पुर्याउने उदेश्यले यो कार्यक्रमको निरन्तरता दिन लागिएकोे हो । प्रतियागिताको आवेदन फारम २०७८ श्रावण १५ गते सम्म सिजन मिडियाको कार्यालय कमलदीमा उपस्थित भइ आवेदन फारम भर्न सक्नेछन् ।

काठमाडौं तथा उपत्यका बाहिर जिल्लामा रहेका विभिन्न स्कुलका एसइइ रिजल्टको प्रतिक्षामा रहेका छात्राहरुले आवेदन फारम भर्न सक्नेछन् । उक्त प्रक्रियाबाट छनाेट भएका प्रतियोगीहरुलाई २०७८ साल श्रावण तेस्रो साताबाट प्रशिक्षण दिइने छ । प्रशिक्षणको क्रममा मोडलिङ ,फेशन सो , र्याम्प सो , शारारिक फिटनेश ,फोटो सेसन, कलेज भ्रमण, टेवल म्यानर, फोटोग्राफी शिक्षा सासेसल मिडिया प्रयोग कसरी गर्ने लगायत विभिन्न प्रतियोगीतात्मक कार्यक्रमहरु, व्यक्तित्व विकाससम्बन्धी पनि प्रशिक्षण दिइने छ ।
विभिन्न सामाजिक संस्थाहरुको माइती नेपाल, नारकोनन नेपाल,वाल आश्रम, वृद्धा आश्रम साथै मिडिया सम्वन्धी जानकारी तथा अन्तरक्रिया कार्यक्रम गरिने छ भने विभिन्न कलेजहरुको भ्रमण गराइने छ । स्टेज पर्फमेन्स क्याटवाक आदिलगायत विद्यामा भने कोरियोग्राफी रोजीन शाक्यले गर्नेछिन् ।
२०७८ साल भाद्र अन्तिम साता उत्त प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताका विजेताले “ह्वाइट हाउस एसईइ प्रिन्सेज २०२१ ) को ताज उपाधि सहित उच्च शिक्षामा १ लाख बराबरको छात्रावृत्ति ल्यापटप, मोबाइल, म्यूजिक भिडियो खेल्ने अवसर, साथै अन्य गिफ्टहयाम्पर पाउने छन् । फस्ट रनर अप र सेकेण्ड रनर अपले भने क्रमशः उच्च शिक्षामा १ लाख वरावरको छात्रावृत्ति साथै विभिन्न उपहारहरु पाउने छन र त्यसैगरि मोडलिङ करियरमा प्रवेश गर्नेहरुको लागि पनि सहयोग गरिने छ भने यस बाहेक अन्य विभिन्न २१ विधामा पनि विजेता छनाेट गरिनेछ ।

















स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का
Malekhu-Muglin road to be closed for six hours at night from today
इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
कुन विदेशी मुद्रा कतिमा कारोबार हुँदैछ आज ?
प्रतिक्रिया