बाँकेमा पानी नपर्दा धान रोपाई रोकियो

बाँके । बाँकेमा एक साता देखि पानी नपर्दा धान रोपाई रोकिएको छ । आकाशे पानीको भरमा खेती गर्ने र नहर भएपनि खेत सम्म नपुगेकोले धान रोपाई रोकिएको हो । नहरको पानी पनि खेतसम्म नपुगेका कारण पोखरीबाट खेतमा पानी सिचाई गर्दा प्रति घण्टा ४ सय रुपैयाँदेखि ५ सय रुपैयाँ खर्च किसानहरुले व्यहोर्नु परेको छ ।
बाँके र बर्दिया जिल्लामा अहिलेसम्मकै छिटो समयमा किसानहरुले धान रोपाई गर्न शुरु गरेका थिए । बाँकेका किसानहरुले आकाशे पानीको भरमा धान रोपाई गर्ने गरेका छन् । तर असारको १५ गतेदेखि बाँके र बर्दियामा पानी नपर्दा किसानहरुले धान रोपाई रोक्नुपरेको छ ।
हालसम्म बाँकेमा ६० प्रतिशत खेतमा मात्र धान रोेपाई भइसकेको छ भने अझै ४० प्रतिशतमा रोपाईँ गर्न बाँकी छ । त्यस्तै बर्दियाका २० प्रतिशत खेतहरुमा पानीका कारण धान रोपाई नहुदाँ किसानहरु चिन्तामा परेका छन् । बाँकेमा सिक्टा नहर र बर्दियाको बबाई नहर भएपनि खेत–खेत सम्म नपुगेकोले किसानहरु महाँगो लगानी गरेर रोपाई गर्न बध्य भएका छन् । एकातिर धान रोपाई गर्न सकेका छैनन् भने अर्को तिर रोपाई गरेका धानहरुपनि पानी नपाएर सुकन थालेको किसान चेतराम सोनकारले बताए ।
छेउछाउमा भएका पोखरी तथा नालामा भएको पानी पनि सक्किन लागेको छ । सिक्टा नहर भएपनि त्यसको अझैपनि पुर्णरुपमा निर्माण हुन सकेको छैन । नहरको शाखा भए पनि खेतमा पानी लैजाने नाला नभएका कारणले नहरमा पानी हुँदाहुदै पनि धान रोपाई गर्न नसकेको किसानहरुको दुखेसो छ ।
मनसुन छिट्टै शुरु हुन लागेकोले धान रोपाई पनि छिटो नै गर्ने सोच बनाएको किसानहरुको भनाई छ । तर असार १५ लागेसँगै बाँकेका अधिकंश क्षेत्रहरुमा पानी नपर्दा खेत सुख्खा भएका छन् । समयमा धान रोपाई गर्न नसक्दा उत्पादन पनि कम हुने पिरलो किसानहरुमा छ । सरकारले कृषिमा अर्बौको लगानी गरेको भएपनि खेतमा अझ पनि पानी पुग्न नसकेको किसानहरु बताउँछन् ।
एक साता देखि पानी नपर्दा खेत सुख्खा बनेका छन् भने धान रोपाई हुन सकेको छैन । रोपिसकिएका धान पनि पानिको अभावका कारण सुक्न थालेका छन् । किसानलाई रोपाई ढिलो हुँदा उत्पादन घट्ने चिन्ता पनि छ । सरकारले खेतियोग्य जमिनमा सिचाईको व्यवस्था मिलाउन चासो नदेखाएको स्थानीयले बताउने गरेका छन् ।
















पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
सुरक्षित, समावेशी तथा दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्रमुख प्राथमिकता हो : सञ्चारमन्त्री
आठ वर्षपछि प्रियंकाले देखिन् उज्यालो संसार
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
प्रतिक्रिया