आगामी पाँच वर्ष भित्र ललितपुर जिल्ला अदालतलाई पूर्ण डिजिटाइजका रुपमा विस्तार गरिने

ललितपुर । ललितपुर जिल्ला अदालतले आगामी पाँच वर्ष भित्रमा अदालतलाई पूर्ण रुपमा डिजिटाइज अदालतको रुपमा विस्तार गरिने भएको छ । बिहीवार ललिपुर जिल्ला अदालतमा आयोजिक एक कार्यक्रममा बोल्दै स्रेस्तेदार विष्णु प्रसाद पाण्डेले अदालतलाई पोकामा मिसिल बाँधेर राखिने परम्परागत पद्धतीमा सुधार गरी वैज्ञानिक व्यवस्थापन प्रणालीलाई अवलम्बन गरी पाँच वर्ष भित्रमा पूर्ण रुपमा डिजिटाइज अदालतको रुपमा विस्तार गरिने बताए ।
उनले अदालतको अभिलेख शाखामा रहेका ६८ हजार १ सय ४८ थान मिसिलहरु मध्ये ६६ हजार ६ सय ६३ थान मिसिल सफ्टवेयरमा इन्ट्री गराइसकिएको, अभिलेखमा दर्ता रहेका मिसिल कागजातहरु मध्ये ५३ हजार २ सय ६९ थान मिसिल कागजातहरु धुल्याइ सकिएको र ११ हजार ६ सय ६२ मिसिलहरुलाई स्क्यान गरी डिजिटाइज समेत गरिसकिएको जानकारी दिए ।
ललितपुर जिल्ला अदालतमा २०७८ साल जेठ मसान्तसम्म अदालतमा जिम्मेवारी सरेका १ हजार ८ सय ५५ मुद्धा मध्ये ९ सय ६६ मुद्धा फर्छौट भएको र ८ सय ८९ मुद्धा फर्छौट हुन बाँकी रहेको जनाएको छ । त्यस्तै यस आर्थिक वर्षमा दर्ता हुन आएका २ हजार १ मुद्धा मध्ये ६४० मुद्धा फर्छौट भएका र १ हजार ३ सय ६१ मुद्धा फर्छौट हुन बाँकी रहेको जानकारी दिएको छ ।
ललितपुर जिल्ला अदालतले समग्रमा ३ हजार ८ सय ५६ मुद्धा मध्ये १ हजार ६ सय ६ मुद्धा फर्छौट गरेको स्रेस्तेदार पाण्डेले जानकारी दिनुभयो । फैसला कार्यान्वयन तर्फ अदालतले जम्मा ५८ करोड ३६ लाख १३ हजार ८ सय ४१ रुपैयाँ जरिवाना मध्ये १४ करोड ६९ लाख १५ हजार ४ सय २५ रुपैयाँ असुली गरेको स्रेस्तेदार पाण्डेले बताए ।
ललितपुर जिल्ला अदालतले मेलमिलाप मार्फत् मुद्धाको मिलापत्र गराउने कामलाइृ प्राथमिकतामा राखेको जनाइएको छ । यस आर्थिक वर्षमा ५ सय ४७ थान मुद्धा मेलमिलापमा पठाइएकोमा १०८ थान मुद्धा मेलमिलाप हुन सकेको ललितपुर जिल्ला अदालतका स्रेस्तेदार विष्णु प्रसाद पाण्डेले जानकारी दिए ।
















सुकुम्वासी सेल्टरका २३ बिरामीलाई वीर र कान्ति रिफर
पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
सुरक्षित, समावेशी तथा दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्रमुख प्राथमिकता हो : सञ्चारमन्त्री
आठ वर्षपछि प्रियंकाले देखिन् उज्यालो संसार
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
प्रतिक्रिया