मन्त्रिपरिषद् विस्तारबारे सर्वाेच्चलाई प्रधानमन्त्रीको जवाफ (पत्रसहित)

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले संसद विघटन पछि पनि मन्त्रीपरिषद् विस्तार गर्नुपर्नाको कारणसहितको जवाफ सर्वाेच्च अदालतलाई वुझाएका छन् । उनले महान्यायधविक्ताको कार्यालयमार्फत लिखित रुपमा सर्वाेच्चलाइ जवाफ पठाएका हुन् ।
सर्वोच्चले प्रधानमन्त्रीसँग लिखित जवाफ माग गर्दै छलफलका लागि बोलाएको थियो । त्यस्तै अदालतले अन्तरिम आदेशमार्फत मन्त्रिपरिषद् विस्तार बदर गरेको थियो।
ओलीले कोभिड १९ का कारण मुलकु आक्रान्त भएको,मुलुकमा वाढी पहिरोले क्षति पुगेको, घोषित मितिमा प्रतिनिधीसभाको चुनाव गराउनुपर्ने अवस्था रहेको र त्यसलगत्तै स्थानिय तहको चुनावको तयारी गर्नुपर्ने भएकोले मन्त्रिपरिषद् विस्तार संविधानसम्मत भएको जिकिर प्रधानमन्त्रीले पत्रमा गरेका छन् ।
प्रधानमन्त्री ओलीले अदालतलाई १७ वुँदामा केन्द्रीत रहेर जवाफ दिएका छन् ।
प्रधानमन्त्रीले संविधानको धारा ७४ मा शासकिय स्वरुप सम्वन्धी ब्यवस्था रहेको र धारा ७५ मा नेपालको कार्यकारिणी अधिकार संविधान र कानुन वमोजिम मन्त्रिपरिषद्मा निहित रहेको तर्क गदै आफुले गरेको मन्त्रीपरिषद् विस्तार संविधानतसम्मत भएको जिकिर गरेका छन् ।
ओलीलाइ सर्वाेच्चले मन्त्रिपरिषद् विस्तारका विषयमा १५ दिनभित्र जवाफ वुझाउन आदेश गरेको थियो । तर प्रधानमन्त्री ओलीले कार्यब्स्तताका कारण उक्त म्याद गुज्रन गएकोले गुज्रेको म्याद सर्वाेच्च अदालतको नियम ५५ को उपनियम १ बमोजिम छुट्टै नियमद्दारा थामी पाएको म्याद भित्रै लिखित जवाफ वुझाएको उल्लेख गरेर पत्र लेखेका छन् । ओलीले अदालतको पत्र जेठ २६ गते वुझेका थिए ।
हेर्नुहोस पत्र





















आणविक वार्ताको प्रगतिमा बाधक पश्चिमा भएको इरानको दावी
अमेरिकी इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर भोलि नेपाल आउँदै
वर्तमान परिस्थितिमा निर्वाचनको विकल्प छैनः संयोजक दाहाल
निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन
देशलाई विकास र सुशासन चाहिएको छ : लामिछाने
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
आईसीसी टी–२० विश्वकप: श्रीलंकाको विजयी सुरुवात, आयरल्यान्ड पराजित
विदेश पठाउने नाममा ठगी गर्ने पाँच जना पक्राउ
नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर
सिरहा कारागारभित्र कटुवा पेस्तोल र गोली बरामद, नाइकेसहित १३ जना नियन्त्रणमा
प्रतिक्रिया