नेपालगञ्ज उपमहानगरपालिकाले ‘वाटरपार्क’ सञ्चालन गर्दै

नेपालगञ्ज । धम्बोझीमा रहेको वाटरपार्कलाई नेपालगञ्ज उपमहानगरपालिकाकै महत्वपूर्ण पर्यटकीयस्थलका रुपमा विकास गर्न लागिएको छ । वाटरपार्कको कूल ६५ बिघा क्षेत्रफलमध्ये करिब आठ बिघा क्षेत्रमा तलाउ छ ।
पार्कको काम सम्पन्न भई उपमहानगरलाई हस्तान्तरण गरिए पनि अन्य काममा केही ढिलाइ हुन गएको छ । कोरोना महामारीपछिको बन्दाबन्दीका कारण निर्माणमा ढिलाइ भएको बताइएको छ । पार्क क्षेत्रको तलाउमा नौकाविहार सञ्चालन तथा माछापालनका लागि ठेक्कासमेत भइसकेको वडा नं १ का अध्यक्ष प्रमोद रिजालले बताए । पार्कमा आकर्षक र मनमोहक फूलबारी, व्यापारिक प्रयोजनका पसल कोठालगायतका संरचना निर्माण धमाधम भइरहेका छन् ।
निर्माण कार्य छिटोछरितो गर्नका लागि पाँच ब्लक छुट्याइएको छ । यसैगरी वाटरपार्क क्षेत्रभित्र १६ देखि छ मिटरसम्मको पक्की सडक निर्माण गरिएको छ । यसका साथै यहाँको सुर्खेत सडकदेखि बर्दियाको गुलेरिया जोड्ने निर्माणाधीन २१ मिटर चौडाइको मुख्य सडक पनि पार्कसँग जोडिएको छ । सो वाटरपार्क निर्माणको योजना १३ वर्षअघि तयार गरिएको थियो ।
विसं २०६५ मा शुरु गरिएको यो योजना शुरुआती चरणमा जग्गा अधिग्रहणका क्रममा स्थानीयवासीसँग कुरा नमिल्दा यसको निर्माणमा ढिलाइ भएको हो । जग्गा अधिग्रहणमा कुरा मिलेपछि समग्र निर्माणको कामले अहिले गति लिएको छ । यो योजनाको अनुमानित लागत ८४ करोड छ ।
वाटरपार्कमा आन्तरिक र बाह्य पर्यटक आकर्षित गर्ने, आर्थिक विकासको आधार बलियो बनाउने र नेपालगञ्जको पहिचानलाई थप उचाइमा पु¥याउनेमा यहाँका जनप्रतिनिधि, नागरिक समाज, राजनीतिक दल तथा सर्वसाधारणसमेत एकमत छन् ।


















यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
प्रतिक्रिया