नायिका कुँवरको ‘सुसाइड नोट’ : श्रीमान र छोरीहरूले धेरै माया गर्नु हुन्थ्यो

काठमाडौँ । काठमाडौँको थापागाउँस्थित सनराइज सिटी अपार्टमेन्टमा मृत फेला परेकी नायिका जेनी कुँवरको ‘सुसाइड नोट’ प्रहरीले फेला परेको छ ।
श्रीमानसँग बस्दै आएकी नायिका कुँवर बिहीबार राति मृत भेटिएकी थिइन् । उनको शव नजिकै सुसाइड नोटसमेत फेला पारेको हो । उनले सुसाइट नोटमा आफ्नो मृत्युको दोषी कोही नभएको उल्लेख गरिएकी छन् ।
‘मेरो दिमागी हालत ठिक नभएर सुसाइड गरेकी हुँ, मलाई मेरो श्रीमान र छोरीहरूले धेरै माया गर्नु हुन्छ, यसमा कसैको दोष छैन, बिरामी ठिक होला भनेको झनझन् गाह्रो हुँदै गयो, झनझन् गाल्दै गयो, त्यही भएर आत्महत्या गरेकी हुँ,’ सुसाइड नोटलाई उदृत गर्दै एक प्रहरीले नोट कोठामै भेटिएको बताए ।
प्रहरीले उक्त सुसाइड नोट परीक्षण गर्न ल्याबमा पठाउने तयारी गरेको बताएको छ । सुसाइड नोटको परीक्षण गर्न प्रहरीले सामाखुसीस्थित विधि विज्ञान प्रयोगशालामा पठाउने तयारी गरेको हो ।
कुँवरको शव भने पोष्टमार्टमका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा पठाएको छ ।
















माघ शुक्लपञ्चमीः देशभरका सरस्वती मन्दिरमा भक्तजनको घुइँचो
प्रतिनिधिसभा निर्वाचनः काभ्रेका ८८ मतदानस्थल ‘संवेदनशील’
रुपन्देही-२ मा राप्रपा उम्मेदवारद्वारा उम्मेदवारी फिर्ता
पाकिस्तानको कराँचीस्थित मलमा लागेको आगलागीमा मृतक सङ्ख्या ६७ पुग्यो
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
ओलीले दर्ता गराए उम्मेदवारी (भिडियाेसहित)
प्रतिक्रिया