शनिबार, फागुन १६, २०८२

कैलालीमा निःशुल्क शव वाहन सञ्चालनमा

मेरोन्यूज २०७८ असार २५ गते १४:२८

कैलाली । कैलालीका व्यवसायी गोपाल हमालले निःशुल्क महाप्रस्थान यान सञ्चालनमा ल्याएका छन् । धनगढीमा शव बोक्ने उपयुक्त वाहन नहुँदा मृतकका शोकाकुल आफन्तजनले समस्या भोग्दै आएका थिए । उक्त समस्यालाई मध्यनजर गर्दै हमालले ३० लाखको लागतमा ‘महाप्रस्थान यान’को नाम दिएर सो वाहन सञ्चालनमा ल्याएका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

उक्त शव वाहन धनगढी उपमहानगरवासीले निःशुल्क प्रयोग गर्न पाउने छन् । शुक्रबार एक कार्यक्रमकाबीच महाप्रस्थान यान हस्तान्तरण गरिएको छ । हमालले उक्त यान धनगढीवासीमा समर्पित हुने बताए । उनले भने, ‘परिवारको सदस्य गुमाउँदा कुनै पनि परिवार शोकमा डुबेको हुन्छ। त्यस्तो अवस्थामा शुल्क तिरेर पनि शव वाहन पाउन मुस्किल हुन्छ । शव यात्राका लागि अधिकासंले गाडी दिनै नमान्ने समस्या पनि छ । त्यसैले महाप्रस्थान यानको नाम दिएर निःशुल्क वाहन सञ्चालन गरिएको हो ।’

यान हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथी सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका पूर्वरजिष्टार तथा कैलाली बहुमुखी क्याम्पसका पूर्वक्याम्पस प्रमुख डा‍. हेमराज पन्तले सम्मानजनक अन्तिम संस्कारका लागि अभियान्ता हमालले महाप्रस्थान यान सञ्चालन गरेर निकै महत्वपूर्ण काम गरेको बताए । यानभित्र पार्थिव शरीर र किरिया पुत्री बस्न मिल्ने छुट्टाछुट्टै क्याबिन छ ।

साथै यानको अगाडिको भागमा फूलमालासहित मृतकको फोटो राख्न सकिन्छ । यान धनगढी उप-महानगरपालिकास्थित मोहना नदी आर्यघाट, गोदावरी नदी आर्यघाट, खुटिया, कञ्चनपुरको महाकाली आर्यघाटसम्म सञ्चालन हुने बताइएको छ ।

प्रतिक्रिया