डाक्टरले बिरामीलाई गर्ने व्यवहारमा परिर्वतन गर्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई शिक्षा र स्वास्थ्यको हव बनाउँनुपर्ने बताएका छन् । उनले वीर अस्पतालको नवनिर्मित भवनको उद्घाटन गर्दै यस्तो बताएका हुन् ।
डाक्टरले बिरामीहरुलाई गर्ने व्यवहारमा पनि परिर्वतन गर्नुपर्ने बताए । उनले आफ्नो अनुभव सुनाउँदै भने म आफै लामो समयसम्म बिरामी भएकाले धेरै डाक्टरसँग सम्पर्क भएको हुदाँ कतिपय डाक्टरले भनेका कुराले आफुलाई पनि बिझाएको छ । मैले त त्यसलाई बिझाए नि सामान्य रुपमा लिए तर सबै बिरामीले त्यस्तो लिदैन, त्यस्ता कुरामा डाक्टरहरु पनि सचेत हुनुपर्ने उनले बताए ।
आवश्कता बिना उपकरण खरिद नगर्न उनले आग्रह गरे । उनले भने, “सडकमा फार्किएका सामान त रिसाईकल गरेर चलाउँछौ भने काम नभएका सामान औषधि उपकरण खरिद गरेर थन्काउँने काम गदै नगरौँ ।”
नेपाल स्वास्थ्य क्षेत्र धेरै अगाडी बढेको उनले बताए ।
यसैगरी,“हाम्रा पुर्वजले नचाखेको कुनै हाँगा छैन होला,” उनले भने, “त्यसको आधारमा औषधिविज्ञानमा काम भएको पाइन्छ । साढे दुईहजार वर्षअघि शल्यक्रिया नेपालमै विकास भएको थियो । तर बीचमा गलत मनसाय बढ्यो । औषधि विज्ञान पछि कुखुराको भाले मन्साउने अवस्थामा पुग्यो । गलत मनोविज्ञान देखियो । मन्साएर भुत भाग्छ, मसान भाग्छ भन्ने अवस्थामा नपुगेको भए यो अवस्था आउने थिएन ।”तर अहिले नेपालको स्वास्थ्य प्रणाली धेरै अघि पुगेको बताए ।
















कोशी प्रदेशसभा बैठकः प्रदेश अनुसन्धान तथा प्रतिष्ठान ऐनसम्बन्धी संशोधन विधेयक पेस
रास्वपा संसदीय दलको नेतामा बालेन शाह चयन
रचनात्मक प्रतिपक्षको भूमिकामा रहेर काम गर्छौँः पुन
‘सिलाम साक्मा’मा सजिएर बालेनको शपथ
दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन
प्रतिक्रिया