अमेरिकाले दिने १५ लाख डोज खोप सोमबार नेपाल पुग्ने

काठमाडौं । अमेरिकी सरकारले कोभ्याक्सअन्तर्गतको कोरोना भाइरस विरुद्धको १५ लाख डोज खोप नेपाललाई प्रदान गरेको छ । अमेरिकी खोप उत्पादक कम्पनी जोन्सन एण्ड जोन्सनको खोप ब्रसेल्सबाट स्थानीय समयअनुसार आइतबार नेपालका लागि प्रस्थान गर्ने र सोमबार बिहान नेपाल पुग्ने कार्यतालिका रहेको छ ।
उक्त खोप एक मात्रा लगाए पुग्छ । कोरोना भाइरसविरुद्धको लडाइँमा अमेरिकी सरकारले नेपाललाई गरेको सहयोगअन्तर्गत खोप एउटा महत्वपूर्ण सहयोग हो । अमेरिकाका लागि नेपालका राजदूत डा.युवराज खतिवडाले महाविपत्तिको बेलामा मित्र राष्ट्र अमेरिकाको सहयोग महत्वपूर्ण भएको बताए । उनले भने, “अमेरिकी सरकारको सहयोगका लागि नेपाल सरकारका तर्फबाट म अमेरिकी सरकार र यहाँका जनताप्रति हार्दिक आभार व्यक्त गर्दछु ।”
राजदूत खतिवडाले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रेषित गरेको पत्रको प्रत्युत्तरमा अमेरिकी राष्ट्रपति जो वाइडेनले नेपाललाई अधिकतम सहयोग गर्ने बताएको जानकारी दिए । राष्ट्रपति वाइडेनले राष्ट्रपति भण्डारीलाई प्रेषित गरेको पत्रलाई उदधृत गर्दै राजदूत खतिवडाले भने, “अमेरिकी सरकारले जी–७ को बैठकले पारित गरेको खोपसम्बन्धी निर्णयलाई कार्यान्वयन गर्नेछ ।” हालै सम्पन्न जी–७ को बैठकले विश्वव्यापीरूपमा खोप वितरणलाई उच्च प्राथमिकतामा राखिने निर्णय गरेको थियो ।
अमेरिकाका सङ्घीय सरकारका जनप्रतिनिधिमार्फत नेपाललाई खोप उपलब्ध गराउनका लागि समन्वय गर्दै आएका मेरिल्याण्ड जनरल एसेम्बलीका विधायक ह्यारी भण्डारीले अमेरिकी सरकारले नेपाललाई हरेक सहयोगमा प्राथमिकतामा राख्दै आएको बताए ।
“कोरोना भाइरसका कारणले नेपालको अवस्था गम्भीर रहेको विषयलाई राजनीतिक तहमार्फत जनप्रतिनिधिहरूसँग निरन्तर समन्वय गर्दै आएकामा पहिलो प्रयास सफल भएको छ”, उनले भने, “यो एउटा सामूहिक पहलकदमी हो र सङ्घीय सरकारको नीतिगत व्यवस्थाअन्तर्गत कार्यान्वयन भएको हो, यो मानवीय सहयोगको महत्वपूर्ण पाटो पनि हो ।”
नेपालले अमेरिकाबाट थप खोप खरिदका लागि समेत पहल गरिरहेको छ तर खोपको माग अत्यधिक भएकाले कतिपय कम्पनीहरुले सन् २०२१ सम्मका लागि नयाँ सम्झौता गर्न नसकिने बताइरहेका छन् । नेपालले खोपको आयात गर्न र भण्डारण गर्न पूर्वाधारसमेत निर्माण गर्नुपर्ने हुन्छ । त्यसका लागि अझ बढी समय लाग्नसक्ने जानकारहरुको भनाइ छ । रासस











तीन शीर्ष नेतासँग पहिलोपटक संवादमा प्रधानमन्त्री कार्की
राप्रपाको जनजागरणसभा पुस १२ गते झापामा हुने
नेप्सेमा सामान्य अंकको सुधार
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
प्रतिक्रिया