गोरखामा हेलिकप्टरबाट चामल पुर्यौँ

गोरखा । सडक मार्ग र खच्चडबाट समेत ढुवानी सम्भव नभएपछि उत्तरी गोरखाको सिर्दिबासमा हेलिकप्टरबाट १५० क्विन्टल चामल पुर्याइएको छ । बाढीपहिराका कारण सदरमुकामसम्म जोडिने सडक तथा पैदल मार्ग समेत अबरुद्ध भएपछि ती क्षेत्रमा खाद्यन्न लगिइएको हो ।
खाद्य तथा ब्यापार कम्पनी लिमिटेडले नेपाली सेनाको हेलिकप्टर मार्फत् चामल ढुवानी गरेको लिमिटेडका सूचना अधिकारी शिव सुनारले जानकारी दिए । उनका अनुसार अनुदानका चामल सिर्दिबास पु¥याइएको हो । प्रमुख जिल्ला अधिकारी शालिकग्राम शर्मा पौडेलको समन्वयमा दुई दिन लगाएर शनिबार साँझसम्ममा चामल सिर्दिबास डिपोमा पु¥याइएको उनले बताए ।
जिल्लाको चुमनुव्री गाउँपालिका क्षेत्रमा पर्ने सिर्दिबास डिपोबाट सर्दीबास, चुम्चेत, छेकम्पार, बिही, प्रोक र ल्हो क्षेत्रका बासन्दिलाई सहुलियतमा चामल उपलब्ध गराउदै आएको छ । “बाढीपहिरोले सडक मार्ग मात्र होइन खच्चड हिड्न सक्ने समेत बाटो नभएपछि जिल्ला प्रशासन कार्यालयका पहलमा सेनाको हेलिकप्टर मगाएर दुई दिन गरेर चामल पठाइएको छ ”, सूचना अधिकारी सुनारले भने, “मौसम खराबीका कारण भनेको समयमा हेलिकप्टर आउन नसक्दा असार २३ गतेपछि दोस्रो पटक शनिबार थप चामल सिर्दिबास पु¥याउन सम्भव भएको हो ।”
पहिलो पटक ८५ क्विन्टल र दोस्रो पटक ६५ क्विन्टल चामल डिपोमा पु¥याएर सुरक्षित भण्डारण गरिएको उनले बताए । कम्पनीले यस बर्ष सिर्दिबास डिपोमा ३ हजार ५०० क्विन्टल चामल ढुवानी गनुपर्नेमा गत जेठको अन्तिम सातादेखि नै अबिरल बर्षा शुरु भएपछि चामल लैजान सकेको थिएन् । हेलिकप्टर मार्फत डिपोमा पु¥याइएको चामल अरुवा मन्सुलीप्रति किलो ५० रुपैयाँ ३० पैसामा बिक्री गर्ने सिर्दीबास डिपोले जनाएको छ । रासस

















गोरखामा बाबुराम आबद्ध प्रलोपाले कांग्रेसलाई सघाउने
इरानद्वारा इजरायलमाथि जवाफी क्षेप्यास्त्र हमला सुरु
इजरायलमा रहेका नेपालीलाई दूतावासले जारी गर्याे सात बुँदे एड्भाइजरी
लुयान नेपालकाे होली अफर : इलेक्ट्रिक स्कुटरमा १५ हजारसम्म नगद छुट
कुनै दलसँग गठबन्धन नगरेको एमालेको स्पष्टोक्ति
अन्तर्राष्ट्रिय शिक्षण–सिकाइ कार्यशाला आयोजना गर्दै न्यू समिट माध्यमिक विद्यालय
फागुन २० गते राति १२ बजेदेखि मतदान नसकिएसम्म सवारीसाधन चलाउन नपाइने
‘मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’
गृहमन्त्री अर्यालद्वारा ‘जेनजी’ युवाहरुको अनशन तोडाइयो
सिंहदरबार पुनर्निर्माण गर्न सकिन्छ तर रित्तिएको आमाको कोख कहिल्यै भरिँदैन : रवि लामिछाने
प्रतिक्रिया