धितोपत्र बोर्डले योग्य कम्पनीलाई ब्रोकर लाईसेन्स दिने

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सबै योग्य कम्पनीलाई ब्रोकर लाईसेन्स दिने तयारी गरेको छ । जसको लागि एक कार्यदल बनाएको धितोपत्र बोर्डले जनाएको छ ।
बोर्ड अध्यक्ष भीष्मराज ढुंगानाले प्रादेशिक स्तरीय लाईसेन्समा बढी जोड दिएका छन् । बैंकको सहायक कम्पनीलाई ब्रोकर लाईसेन्स दिने विषयमा भने उनी सकारात्मक भएका छन् ।
लामो समय राष्ट्र बैंकमा काम गरेर आएका उनले सुरुमा बैंकको आफ्नै निश्चित कार्य र जिम्मेवारी हुने भएकोले बैंकलाई बैंक कै काम गर्न दिनु पर्ने बताउने गरेका थिए । ठूलो दबाबपछि उनले यसबारे ब्यबस्था गर्न कार्यदल बनाएका हुन् ।
हाल विद्यमान ब्रोकर सम्बन्धी नियमावलीलाई संशोधन गर्न कार्यदल गठन गरेको छ । बोर्डको संचालक समितिको बैठकले हालको धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी ) नियमावलीमा आवश्यक संशोधन गर्नको लागि कार्यदल गठन गरेको हो ।
कार्यदलमा बोर्ड कै ३ जना संचालक समिति सदस्य र बोर्ड ब्यबस्थापनको तर्फबाट २ जना सदस्य छन् । बोर्ड ब्यबस्थापनको तर्फबाट उप कार्यकारी निर्देशक डा. नवराज अधिकारी र निर्देशक निरन्जय घिमिरे सदस्य छन् । कार्यदललाई यथाशीघ्र छिटो संशोधनको ड्राफ्ट तयार पार्न भनिएको छ ।
कार्यदलले तयार पारेको नियमावली बोर्डको संचालक समितिले पास गरेपछि सोहि अनुसार नयाँ ब्रोकर लाईसेन्स बितरणको लागि आवश्यक प्रक्रिया अगाडी बढ्ने धितोपत्र बोर्डको भनाई छ ।

















इरानकाे विद्यालयमा अमेरिकी-इजरायली सैन्य हमलाः ५३ बालिकाको मृत्यु
मध्यपूर्वको तनाव: वार्तामा फर्किन राष्ट्रसङ्घको आग्रह
बीबीसीको डकुमेन्ट्री प्रसारण गर्ने भारतीय गाडीसहित रास्वपा कार्यकर्ता पक्राउ
मध्यपूर्वको तनाव: नेपालबाट सात अन्तरराष्ट्रिय विमानस्थलमा हवाई उडान रद्द
चुनावका दिन एम्बुलेन्ससहित यी आठ प्रकारका सवारी साधनलाई पास नचाहिने
अन्तर्राष्ट्रिय शिक्षण–सिकाइ कार्यशाला आयोजना गर्दै न्यू समिट माध्यमिक विद्यालय
फागुन २० गते राति १२ बजेदेखि मतदान नसकिएसम्म सवारीसाधन चलाउन नपाइने
सिंहदरबार पुनर्निर्माण गर्न सकिन्छ तर रित्तिएको आमाको कोख कहिल्यै भरिँदैन : रवि लामिछाने
चुनावको मुखमा सिंगापुर उडे पूर्वसभापति देउवा
आज बिहीबार कुन राशिका लागि शुभ ? हेराैँ राशिफल
प्रतिक्रिया