भोलिदेखि कोरोनाविरुद्धको भेरोसेल र जोनसन एण्ड जोनसन खोपको पहिलो मात्रा दिने
भेरोसेल शिक्षक, चालक र ५५ वर्षमाथि र जोनसन एण्ड जोनसन ५० देखि ५४ उमेरसमुह

काठमाडौं । सरकारले कोरोना विरुद्धको खोप भेरोसेल र जोनसन एण्ड जोनसनको पहिलो मात्रा मंगलबार (भोलि) देखि लगाउँदैछ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भेरोसेल ५५ वर्ष र सो माथिका उमेर समूह का र जोनसन एण्ड जोनसन ५० देखि ५४ वर्ष उमेरसमुहका लागि पहिलो मात्रा लगाउन लागिएको जनाएको छ।
भेरोसेल खोपको पहिलो मात्रा पाउनेमा विश्वविद्यालय, विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीहरु, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालकहरु रहेका छन्।
सरकारले तोकेका अत्यावश्यक सेवामा संलग्न खोप लगाउन बाँकी व्यक्ति र खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकहरुले पनि भेरोसेल खोपको पहिलो मात्रा पाउने मन्त्रालयले जनाएको छ।
नेपालले चीनसँग नन् डिस्कोलजर एग्रिमेन्ट अनुसार खरिद गरिएको ४० लाख खोप अन्तर्गत असार २४ गते पहिलो चरणमा ८ लाख डोज खोप आएको छ।
यसैगरी, जोनसन एण्ड जोनसनको पहिलो मात्रा स्वास्थ्यकर्मी र सफाईकर्मी , पुर्ण अपाङगता र अति अशक्त व्यक्तिहरुलाई दिईने मन्त्रालयले जनाएको छ । यो खोप अभियान सातै प्रदेशमा मात्र सञ्चालन हुनेछ।


















प्रतिनिधिसभा सदस्यका लागि तीन हजार ४०६ जना उम्मेदवार
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
राष्ट्र निर्माण एकल प्रयासबाट मात्रै सम्भव छैन : गृहमन्त्री
स्याङ्जामा चार जनाले लिए उम्मेदवारी फिर्ता
सिद्धार्थ बैंकका ग्राहकलाई आईएमई हस्पिटालिटी ग्रुपमा १०% सम्मको छुट
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
पर्सा–३ मा एमालेका रूपेश पाण्डेद्वारा उम्मेदवारी दर्ता
प्रतिक्रिया