शिक्षा सेवा शुल्क विद्यार्थीको हितमा प्रयोग गर्न इक्यानको आग्रह
मेरोन्यूज
२०७८ असार ३० गते १०:०७

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले वैदेशिक अध्ययनका लागि जाने विद्यार्थीले बुझाएको शिक्षा सेवा शुल्कवापतको रकमलाई विद्यार्थीको हितमा व्यवस्थापन गर्न आग्रह गरेको छ ।
वैदेशिक अध्ययनका लागि जाने नेपाली विद्यार्थीले अनिवार्यरूपमा नेपाल सरकारलाई २ प्रतिशतका दरले शिक्षा सेवा शुल्कवापत रकम बुझाउँदै आएका छन् ।
सरकारले आर्थिक वर्ष २०७८÷०७९ को बजेटमा विदेशी शैक्षिक संस्थामा शिक्षण शुल्क बुझाइसकेका तर विविध कारणबाट यात्रा नगरेका विद्यार्थीको हकमा उनीहरुले शिक्षा सेवा शुल्कवापत बुझाएको रकम फिर्ता पाउने घोषणा गरेको छ ।
आगामी साउन १ गतेदेखि यो व्यवस्था कार्यान्वयनमा आउन लागेकामा आफूहरु खुशी भएको इक्यानका महासचिव दीपकराज भुसालद्वारा जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
सम्बन्धित


















यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
प्रतिक्रिया