आइतबार, मंसिर ७, २०८२

देउवा निवास पुगे भारतीय राजदूत क्वात्रा

मेरोन्यूज २०७८ असार ३० गते १४:५२

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा नेपालका लागि भारतीय राजदूत पुगेका छन् । देउवालाई शुभकामना तथा बधाई दिन भारतीय राजदूत विनयमोहन क्वात्रा देउवा निवास पुगेका हुन् ।

बधाई ग्रहण गर्दै प्रधानमन्त्री देउवाले आफूले भारतसँग मिलेर काम गर्न चाहेकाले सदैव साथ र सहयोग रहने अपेक्षा गरेको बताएका थिए ।

बधाई दिने क्रममा क्वात्राले नेपाल–भारतको सम्बन्धलाई थप बलियो बनाउन दुई देशको साझा स्वार्थमा मिलेर काम गर्नु पर्ने धारणा राखे ।

प्रतिक्रिया