जाँदा जाँदै ओली सरकारको उपहार– २८ प्रतिशतसम्म भाडा बढाउनु

काठमाडौँ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सरकारले यातायात व्यवसायीहरूलाई उपहार दिएका छन् । सरकारबाट जाँदै गर्दा यातायात व्यवस्था विभागले बनाएको कार्यदलले तयार पारेको प्रतिवेदनअनुसार २० देखि २८ प्रतिशतसम्म भाडा बढाउन यातायात व्यवसायीलाई ढोका खोलिदिएको हो ।
गत असार २७ गते तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङको मन्त्रीस्तरीय निर्णयबाट अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातको भाडादर कायम गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।
ओली नेतृत्वको सरकारले पेट्रोलियम पदार्थ र गाडीका पार्टपूर्जाको मूल्यवृद्धिलाई आधार बनाएर २० देखि २८ प्रतिशतसम्म भाडा बढाउन अनुमति दिएको हो ।
सरकारले यात्रुवाहक सवारीमा २८ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २६ प्रतिशत भाडा वृद्धि गरिएको हो ।
















नेपाल राष्ट्र बैंकले आज (आइतबारका)का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर
माघ १९ गते आइतबार, कुन राशिका लागि शुभ ?हेर्नुहोस् आजकाे राशिफल
टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया