अर्थमन्त्री शर्माद्वारा स्वास्थ्यकर्मीकाे जाेखिम भत्ताबापत ६५ कराेड १४ लाख स्वीकृत

काठमाडाैं । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले काेराेना महामारीका बेला ज्यान जाेखिममा माेलेर कार्य क्षेत्रमा खटिने स्वास्थ्यकर्मीका लागि जाेखिम भत्ताबापत पाउनुपर्ने रकम विनियाेजन गरेका छन् ।
अर्थमन्त्रीका रूपमा पदवहाली गरेलगत्तै उनले स्वास्थ्यकर्मीको जोखिम भताको लागि ६५ करोड १४ लाख बजेट स्वीकृत गरेका हुन् । मंगलबार साँझ बसेकाे मन्त्रिपरिषद् बैठकले काेराेना महामारीकाे समयमा फ्रन्टलाइनमा खटिएका व्यक्तिले पाउनुपर्ने जाेखिम भत्ता दिने काम एक साताभित्र शुरू गर्ने निर्णय गरेकाे थियाे ।
जाेखिमकाे समयका काम गरेकाे भत्ता नपाएकाे भन्दै स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षाकर्मीलगायतले गुनासाे गर्दै आएका थिए । अर्थमन्त्री आजै काेराेनाविरूद्धकाे खाेप खरिदका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई रू ५ अर्बकाे सहमति दिएका थिए । यस्तै काेराेना महामारी नियन्त्रण तथा राेकथामका लागि स्वास्थ्य उपकर खरिद गर्नका लागि पनि उनले स्राेतकाे सुनिश्चिता गरेका थिए ।

















इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
कैलाली-२ मा प्रलोपा उम्मेदवारले गरे एमालेका सूर्य थापालाई समर्थन
इरानद्वारा खाडी मुलुकका एयर बेसमा आक्रमण
गोरखामा बाबुराम आबद्ध प्रलोपाले कांग्रेसलाई सघाउने
इरानद्वारा इजरायलमाथि जवाफी क्षेप्यास्त्र हमला सुरु
अन्तर्राष्ट्रिय शिक्षण–सिकाइ कार्यशाला आयोजना गर्दै न्यू समिट माध्यमिक विद्यालय
सिंहदरबार पुनर्निर्माण गर्न सकिन्छ तर रित्तिएको आमाको कोख कहिल्यै भरिँदैन : रवि लामिछाने
फागुन २० गते राति १२ बजेदेखि मतदान नसकिएसम्म सवारीसाधन चलाउन नपाइने
‘मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’
गृहमन्त्री अर्यालद्वारा ‘जेनजी’ युवाहरुको अनशन तोडाइयो
प्रतिक्रिया