६७ करोडको राजस्व छली

काठमाडाैं । नक्कली मूल्य अभिवृद्धि कर (भ्याट)को बीजक जारी गरी रु ६७ करोड बराबरको राजस्व छली भएको पाइएको छ । राजस्व अनुसन्धान विभागले विभिन्न कम्पनीका तीन जना सञ्चालकले नक्कली गतिविधि गरी राजस्व छली गरेको आरोपमा आज उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको छ ।
सर्लाहीको मनिराज सप्लायर्सका प्रोप्राइटर राजदेवी तथा उक्त फार्मको मुख्य कारोवार गर्ने व्यक्ति राजाराम महतोले रु ४१ करोड ५१ लाख बढी बिगो बराबरको राजस्व छली गरेको अनुसन्धानमा खुलेको विभागले जनाएको छ । उनीहरुले मालवस्तु खरीद तथा आयात नगरी, झुटा खरीद देखाइ विभिन्न फार्मलाई बिक्री बीजक मात्र जारी गरेको पाइएको छ ।
उक्त फार्मबाट बिक्री रकम भुक्तानी लिई सो बीजकमार्फत असुल गरेको भ्याट सरकारी कोषमा दाखिला नगरेको पाइएको र विभिन्न फार्मलाई नक्कली एवं नक्कली बीजक उपलब्ध गराई जालसाजी गरी भ्याट र आयकरसमेत छली गरेको विभागको दाबी छ । अनुसन्धानमा भ्याटतर्फ रु १५ करोड ८४ लाख र आयकरतर्फ २५ करोड ६७ लाख गरी कूल रु ४१ करोड ५१ लाख ३१ हजार राजस्व चुहावट गरेको खुलेको छ ।
यसैबीच नक्कली बीजक प्रयोग गरी राजस्व छली गर्ने रौतहटको शिव ट्रेडर्सका प्रोपाइटर तथा अल्का सप्लायर्सका मुख्य कारोवारी ओमप्रकाश सिंहले रु २५ करोड ३५ लाख ४१ हजार बिगो बराबरको राजस्व छली गरेको आरोपमा आजै मुद्दा चलाइएको छ ।
उक्त बिगो असुल गरी जरिवाना र कैद मागदाबीसहित उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको विभागले जनाएको छ । उनले पनि मालवस्तु खरीद तथा आयात नगरी, विभिन्न फार्मबाट नक्कली बीजक लिई आयकर र भ्याट छली गरेको विभागले जनाएको छ ।
















नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
ग्रीनल्याण्ड विवादले अमेरिका–युरोप सम्बन्ध तनावपूर्ण
आज अन्तरराष्ट्रिय शिक्षा दिवस
प्रकृति तथा पर्यावरण संरक्षणमा नेपाली सेनाको ५० वर्ष
हिमपातले सुदूरपहाडका राजमार्ग र विद्युत् सेवा अवरुद्ध, जनजीवन प्रभावित
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
यी हुन् उज्यालो नेपाल पार्टीका उम्मेदवार (सूची)
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
यस वर्षको एसईई परीक्षा चैत १९ गतेदेखि
प्रतिक्रिया