पोखराको पर्यटकीय ब्रान्ड ‘पोखरा पेयर याज पाराडाइज’

गण्डकी । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशले पर्यटकीयस्थल पोखराको पर्यटकीय ब्रान्ड ‘पोखरा पेयर याज पाराडाइज’ तयार गरेको छ । यसअघिको पर्यटकीय ब्रान्ड ‘पाराडाइज पोखरा’ लाई परिमार्जन गर्दैै पोखरा पुर याज पाराडाइज तयार गरिएको हो ।
नेपालका विभिन्न पर्यटकीय गन्तव्यलाई ब्राण्डिङ गर्दै लैजाने योजना अनुरुप बोर्डले पोखराको पनि ब्राण्ड बनाएको पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनञ्जय रेग्मीले बताए ।
गन्तव्यलाई सरल र स्पष्टरूपमा बुझ्न पर्यटकीय गन्तव्यको ब्रान्डिङ आवश्यक्ता महसुस गरी शुरुआत गरिएको उनले बताए । ब्राण्डिङले पोखरालाई थप आकर्षक गन्तव्य बनाई राष्ट्रिय एवं अन्तर्राष्ट्रियरूपमा चिनाउन थप बल पुग्ने उल्लेख गर्दै उनले यसको शुरुआत बोर्डले गौतमबुद्ध जन्मस्थल लुम्बिनीबाट गरेको जानकारी दिए ।
ब्राण्ड तयार गर्ने विज्ञ फर्मको प्राविधिक सहयोगमा तयार गरिएको पर्यटकीय ब्रान्डलाई पोखराका सरोकारवालामाझ विभिन्न चरणमा प्रस्तुत गरिएको थियो । सोबाट प्राप्त राय तथा सुझाव सङ्कलन गरी नयाँ पर्यटकीय ब्रान्डलाई अन्तिम रुप दिइएको बोर्डका वरिष्ठ निर्देशक तथा गण्डकी प्रदेश प्रमुख काशीराज भण्डारीले जानकारी दिए ।

















इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
कैलाली-२ मा प्रलोपा उम्मेदवारले गरे एमालेका सूर्य थापालाई समर्थन
इरानद्वारा खाडी मुलुकका एयर बेसमा आक्रमण
गोरखामा बाबुराम आबद्ध प्रलोपाले कांग्रेसलाई सघाउने
इरानद्वारा इजरायलमाथि जवाफी क्षेप्यास्त्र हमला सुरु
अन्तर्राष्ट्रिय शिक्षण–सिकाइ कार्यशाला आयोजना गर्दै न्यू समिट माध्यमिक विद्यालय
गृहमन्त्री अर्यालद्वारा ‘जेनजी’ युवाहरुको अनशन तोडाइयो
सिंहदरबार पुनर्निर्माण गर्न सकिन्छ तर रित्तिएको आमाको कोख कहिल्यै भरिँदैन : रवि लामिछाने
फागुन २० गते राति १२ बजेदेखि मतदान नसकिएसम्म सवारीसाधन चलाउन नपाइने
‘मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’
प्रतिक्रिया