मेस्सी र बार्सिलोनाबीच पाँच वर्षको नयाँ सम्झौता हुँदै

काठमाडौं । अर्जेन्टिनाका सुपर स्टार फुटबलर लियोनल मेस्सी बार्सिलोनासँग नयाँ सम्झौताका लागि सहमत भएका छन ।
नयाँ सम्झौताका लागि मेस्सी र बार्सिलोनाबीच मौखिक सहमति भईसकेको बताईएको छ । इएसपीएनका अनुसार पाँच वर्षको सम्झौता भएको हो ।
३४ बर्षे मेस्सीले बार्सिलोनासँग हाल पाउँदै आएको तलवमा ५० प्रतिशत कटौती गरेर नयाँ सम्झौताका लागि राजि भएका हुन ।
क्लबको एकेडेमीमा हुर्किएका मेस्सीले बार्सिलोना बाहेक अन्य क्लबबाट खेलेका छैनन् । मेस्सी जुन ३० बाट फ्री एजेन्ट बनेका थिए ।
मेस्सी क्लबसँगको सम्झौता नवीकरण नगरी कोपा अमेरिका खेल्न अर्जेन्टिना गएका थिए । उनको कप्तानीमा अर्जेन्टिनाले कोपा समेत जितिसकेका छन् ।
उनलाई क्लवमा भित्र्याउने होडमा रहेको अर्को क्लव पेरीस सेन्ट जर्मेनले आफु होडबाट बाहिरीएको भनेको २४ घण्टामा नै मेस्सी र बार्सिलोना नयाँ सम्झौताको सहमतिमा पुगेका हुन ।
बार्सिलोनाका नयाँ अध्यक्ष जोआन लापोर्टाले मेस्सीलाई क्लबलाई राख्न निकै प्रयत्न गरिरहेका थिए । उनको चुनावी नारा नै मेस्सीलाई क्लबमा राख्ने रहेको थियो ।
मेस्सीले बार्सिलोनाबाट यसअघि बार्षिक ५०० मिलियन युरो भन्दा बढि तलव पाउने गरेका थिए । तर त्यो सम्झौता जुन अन्तिममा सकिएको छ ।
बार्सिलोनामा नै आफ्नो करियर बिताएका मेस्सीको नयाँ सम्झौता पाँच वर्षको भएको खण्डमा उनी यहि क्लवबाट आफ्नो करियरलाई विदाई गर्ने पक्का भएको छ ।
३४ वर्षीय मेस्सीले २००४ मा सिनियर टिममा डेब्यु गरेका थिए । बार्सिलोनाका कीर्तिमानी खेलाडी मेस्सीले ७ सय ९४ खेलमा ६ सय ६८ गोल गरेका छन् । एजेन्सी

आयुश राठौर
मेरोन्युजकर्मी राठौर खेलकुद र कला सम्बन्धी विषयमा कलम चलाउँछन् ।


















इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन गर्ने दुर्गा प्रसाईंको घोषणा
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
चिकित्सकलाई सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न निर्देशन
संयुक्त राष्ट्र सङ्घद्वारा होर्मुज जलक्षेत्र पुनः खोल्ने इरानीे घोषणाको स्वागत
गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
इरानमा पक्राउ परेका अमृत झा रिहा
नेपाली दूतावासबाट ५० करोड राजस्व संकलन
२०६२ सालपछिका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
प्रतिक्रिया