आजको राशिफलः तपाईंको दिन शुभ/अशुभ थाहा पाउनुहोस

काठमाडौं । आज २०७८ साल श्रावण महिनाको एक गते शुक्रबार, आषाढ शुक्लपक्षको सप्तमी तिथि । आज साउने सङ्क्रान्ति, साउन महिना आरम्भ । आजदेखि दक्षिणायन आरम्भ भएको छ । आज थारु समुदायको गुरिया पर्व रहेको छ । अब लागौं आजको राशिफलतर्फ
मेष
आम्दानीमा पनि बृद्धि हुने छ । पेशाप्रति समर्पित रहने स्वभाव हुने छ । पेशागत क्षेत्रमा उन्नति प्रगति र लाभ मिल्ने छ । घर, घडेरी तथा जग्गा जमिनसँग सम्बन्धि विषयमा नोक्सानी हुने समय चलिरहेकाले यसबारेमा विचार गर्नु पर्ने देखिन्छ । बोलीमा भने कडापना देखा पर्ने भएकाले संयमित रहनु होला ।
वृष
पेशागत क्षेत्रबाट लाभ मिल्ने छ । पदोन्नति तथा कदर हुने छ, सफलता मिल्ने छ । बोलीको प्रभावमा बृद्धि हुने छ । रिस कडा हुने भएकाले संयमित रहनु होला । यात्राका विषयमा भने संयमित रहनु उपयुक्त हुने छ । भाग्यको बलियो साथ रहेकाले समय धेरै प्रतिकुल बन्ने छैन् ।
मिथुन
व्यवस्थापकीय क्षमतामा पनि बृद्धि हुने छ । चतु¥याई बढ्ने छ । प्रभावकारी बोली भएको व्यक्तित्व बन्ने छ । पेशागत जीवन स्थिरतातर्फ जान खोजेता पनि भाग्यको साथ नरहेकाले अस्वाभाविक प्रकारका उतारचढावको सामना गर्नु पर्ने हुने छ । परिवारमा किचलो देखा पर्ने छ ।
कर्कट
साझेदारीमा गरिएका कामहरुबाट फाइदा मिल्ने छ । मनोबलमा कमि आउने छ । पेशागत जीवनमा समस्याहरु देखा पर्ने छ । परिवारको साथले गर्दा असजिलो परिस्थितिमा आड भरोसा प्राप्त हुने छ । भाग्यहिनताको आभाष लागि रहने छ ।
सिंह
मनोबलमा गिरावट आउँदा आफैले आँटेका कामहरु पनि सम्पन्न गर्न सक्ने विषयमा दुविधा उत्पन्न हुन पुग्ने छ । पेशागत जीवनमा संयमता अपनाउनु पर्ने छ । व्यवसायमा नोक्सानको अवस्था निम्तन जाने छ । परदेश यात्रातर्फ आकर्षण बढ्ने छ ।
कन्या
सितल खालको स्वाभाव भएको व्यक्तित्व बन्ने छ । पेशागत जीवनमा स्थिरता देखा पर्ने छ । व्यवस्थापकीय क्षमतामा खुबी बृद्धि हुने छ । आम्दानीमा सोचे जस्तो प्रगति हुने छैन् । त्यसैले धेरै महत्वाकांक्षा भन्दा व्यावहारिक लक्ष्य राखेर अघि बढ्दा उपयुक्त हुने छ ।
तुला
अध्ययन अध्यापनमा प्रगति हुने छ । आम्दानीमा केही बृद्धि हुन पुगेता पनि पेशागत जीवनमा अस्थिरता उत्पन्न हुन पुग्ने छ । भाग्यको साथ रहेकाले प्रतिकुल परिस्थितिमा पनि अघि बढि रहन उर्जा प्राप्त हुने छ । पारीवारिक जीवनमा पैतृक सम्पत्तिका विषयमा किचलो देखा पर्ने छ ।
वृश्चिक
पेशागत जीवनमा स्थिरता आउने छ भने कमाईमा पनि बृद्धि हुन पुग्ने छ । मनमा नकारात्मक विचार र धारणाले सताउने भएकाले सकारात्मक दृष्टिकोण अभिबृद्धिमा प्रयास गर्नु होला । बोलीको प्रभावकारितामा भने गिरावट आउने हुँदा बन्न खोजेका कामहरु पनि बिग्रन पुग्ने भएकाले विचार पु¥याउनु होला ।
धनु
प्रतिष्पर्धात्मक क्षमतामा अभिबृद्धि हुने छ । पेशागत जीवनमा तिब्र गतिमा उतार चढाव देखिन जाने छ । धेरै जोखिम भन्दा औसत गतिमा अघि बढ्न खोज्नु उपयुक्त हुने छ । जीवनसाथिको साथ सहित पेशागत क्षेत्रलाई अघि बढाएमा वा सल्लाह लिएर निर्णयहरु लिएमा फाइदा मिल्ने छ । शरीरमा थकाईको क्रम बढि देखा पर्ने छ ।
मकर
दृढ खालको व्यक्तित्व बन्न पुग्ने छ । तर कतिपय सन्दर्भमा अरुले घमण्डि र मातेको जस्तो अनूभुत समेत गर्ने भएकाले यसको सीमालाई बुझ्ने प्रयास गर्नु होला । बोलीको प्रभाव कम हुने छ भने आवश्यक ठाउँमा आवश्यक बृद्धिको अभाव भए जस्तो हुने छ । दाम्पत्य जीवनमा खटपट देखा पर्ने भएकाले संयमित भएर रहनु होला ।
कुम्भ
बौद्धिक क्षेत्रमा उन्नति हुने छ । ज्ञान भाव र बुझाईको मात्रा फराकिलो बन्ने छ । मनमा उदासिताले सताउने छ । मनमा अत्यन्त धेरै खिन्नताका मात्रा देखा पर्ने भएकाले धार्मिक आध्यात्मिक विषयमा मन लगाउँनाले शान्ति मिल्ने छ । ग्याष्ट्रिक र छाति सम्बन्धि समस्याले सताउने छ ।
मीन
दाम्पत्य जीवनमा भने मधुरता आउने छ । जीवनसाथिको साथ र सल्लाहमा कदम चालेमा जोखिम कम हुन पुग्ने छ । आम्दानीमा केही बढोत्तरी हुने छ भने पेशागत जीवनमा भने नसोचेका समस्याहरुले गाँज्ने छ । भाग्यहिनताको आभाष हुन पुग्ने छ । अध्ययन अध्यापनमा मन लाग्ने छैन् ।

ज्यो. दिवाकर पन्त
ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८










काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
एपीएफलाई पराजित गर्दै इस्ट बंगाल बन्यो साफ महिला क्लब च्याम्पियन
नवलपरासी-१ बाट उम्मेदवारमा विनोद चौधरीको एकल सिफारिस
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
प्रतिक्रिया