नागरिकता बनाउन किर्ते सिफारिस लिएर गएका दुई जना पक्राउ

राजविराज । जिल्ला प्रशासन कार्यालय सप्तरीमा नक्कली बुबा बनेर ज्वाइँलाई नागरिकता बनाउन आएका ससुरा र ज्वाइँ पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजविराज नगरपालिका–१५ देउरी भरुवा निवासी देवन यादव र उनका ज्वाइँ शिवनन्दन यादव रहेका छन् ।
वडाध्यक्षको कीर्ते हस्ताक्षर गरी नागरिकता बनाउन आएका ससुरा र ज्वाइँ दुवै जनालाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिए । शिवनन्दन भने भारतीय नागरिक रहेको र यस विषयमा थप अनुसन्धान भइरहेको प्रजिअ आचार्यले बताए ।
शिवनन्दन आफ्नो छोरा भएको भन्दै देवनले वडा कार्यालयबाट सिफारिस लिएर नागरिकता बनाइदिन भन्दै जिल्ला प्रशासन कार्यालय गएका थिए ।
प्रशासकीय अधिकृतको टेबुलमा यो फाइल आएकै समयमा वडाबाट अपरिचित व्यक्तिले फोन गरेर यी दुवै नक्कली नागरिकता बनाउन आएको जानकारी गराएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयले वडाध्यक्ष रामप्रसाद यादवलाई बोलाएर जानकारी माग्दा उनले सिफारिसमा आफ्नो हस्ताक्षर नभएको बताएकाले प्रशासकीय अधिकृत किशोर रामले ‘लगत्तै प्रहरी बोलाएर दुवै जनालाई पक्राउ गर्न लगाएको प्रजिअ अचार्यको भनाइ छ ।
पक्राउ परेका देवनका ज्वाइँ शिवनन्दनले आफू नेपाली नागरिक भएको दाबी गर्दै आएका छन् । वास्तविकता के हो भन्नेबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
















पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छः मन्त्री पोखरेल
मालपोत कार्यालय जुम्लाद्वारा एक करोड ८६ लाखभन्दा बढी राजस्व सङ्कलन
एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “वाटरले पुग्दैन है एक्स्ट्रिम नै चाहिन्छ” नामक टिकटक क्याम्पेन सार्वजनिक
‘संविधानले नै श्रमिकलाई ट्रेड युनियन खोल्ने अधिकार सुनिश्चित गरेको छ’
सुनसरीमा एसइई दिइरहेका एक नक्कली परीक्षार्थी पक्राउ
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
प्रतिक्रिया