नागरिकता बनाउन किर्ते सिफारिस लिएर गएका दुई जना पक्राउ

राजविराज । जिल्ला प्रशासन कार्यालय सप्तरीमा नक्कली बुबा बनेर ज्वाइँलाई नागरिकता बनाउन आएका ससुरा र ज्वाइँ पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजविराज नगरपालिका–१५ देउरी भरुवा निवासी देवन यादव र उनका ज्वाइँ शिवनन्दन यादव रहेका छन् ।
वडाध्यक्षको कीर्ते हस्ताक्षर गरी नागरिकता बनाउन आएका ससुरा र ज्वाइँ दुवै जनालाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिए । शिवनन्दन भने भारतीय नागरिक रहेको र यस विषयमा थप अनुसन्धान भइरहेको प्रजिअ आचार्यले बताए ।
शिवनन्दन आफ्नो छोरा भएको भन्दै देवनले वडा कार्यालयबाट सिफारिस लिएर नागरिकता बनाइदिन भन्दै जिल्ला प्रशासन कार्यालय गएका थिए ।
प्रशासकीय अधिकृतको टेबुलमा यो फाइल आएकै समयमा वडाबाट अपरिचित व्यक्तिले फोन गरेर यी दुवै नक्कली नागरिकता बनाउन आएको जानकारी गराएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयले वडाध्यक्ष रामप्रसाद यादवलाई बोलाएर जानकारी माग्दा उनले सिफारिसमा आफ्नो हस्ताक्षर नभएको बताएकाले प्रशासकीय अधिकृत किशोर रामले ‘लगत्तै प्रहरी बोलाएर दुवै जनालाई पक्राउ गर्न लगाएको प्रजिअ अचार्यको भनाइ छ ।
पक्राउ परेका देवनका ज्वाइँ शिवनन्दनले आफू नेपाली नागरिक भएको दाबी गर्दै आएका छन् । वास्तविकता के हो भन्नेबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।










सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी
जेलेन्स्कीले दिए रुसलाइ कडा चेतावनी
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु
कांग्रेसद्वारा राष्ट्रियसभाको अधिवेशन माग
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
रवि लामिछाने र बालेन रातभर ६ घण्टा वार्ता : एउटै गाडीमा बाहिरीए
प्रतिक्रिया