अन्तरक्षेत्रीय व्यापार वृद्धिमा नेपालको जोड

काठमाडाैं । नेपालले सहज एवं कम लागतमा विश्व बजारसम्म पहुँच विस्तार गर्नु भूपरिवेष्टित राष्ट्रका उच्च प्राथमिकता भएका वास्तविकता औँल्याउँदै अन्तरक्षेत्रीय व्यापारको बढोत्तरी, भौतिक सम्पर्क सञ्जाल र पारवहन सुधार तथा लगानी–व्यापार प्रवाहमा जोड दिएको छ ।
‘मध्य तथा दक्षिण एशियाः क्षेत्रीय सम्पर्क, चुनौती तथा अवसर’ विषयमा उज्बेकिस्तानको राजधानी तासकेन्टमा आयोजित अन्तरराष्ट्रिय सम्मेलनको प्रारम्भिकसत्रलाई आज सम्बोधन गर्दै परराष्ट्र सचिव भरतराज पौड्यालले दक्षिण तथा मध्य एशियाबीच पारस्परिक सहयोगका अथाह सम्भावना रहेका बताए ।
उनले मानव सभ्यताको प्रारम्भदेखि नै दुवै क्षेत्रबीच ऐतिहासिक सम्बन्ध रहेको चर्चा गर्दै कोभिड–१९ र जलवायु परिवर्तनका कारण थपिएका चुनौतीका सामना गर्न दुवै क्षेत्रबीच सहकार्य अपरिहार्य भएकामा जोड दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।















विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित
राष्ट्रियसभा निर्वाचनः दुई सिटका लागि बागमती र गण्डकीमा छ / छ जना प्रतिस्पर्धामा
राष्ट्रियसभा सदस्य निर्वाचनः आज सातै प्रदेशमा मतदान हुँदै
नेपाल राष्ट्र बैंकले आज (आइतबारका)का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया