अन्तरक्षेत्रीय व्यापार वृद्धिमा नेपालको जोड

काठमाडाैं । नेपालले सहज एवं कम लागतमा विश्व बजारसम्म पहुँच विस्तार गर्नु भूपरिवेष्टित राष्ट्रका उच्च प्राथमिकता भएका वास्तविकता औँल्याउँदै अन्तरक्षेत्रीय व्यापारको बढोत्तरी, भौतिक सम्पर्क सञ्जाल र पारवहन सुधार तथा लगानी–व्यापार प्रवाहमा जोड दिएको छ ।
‘मध्य तथा दक्षिण एशियाः क्षेत्रीय सम्पर्क, चुनौती तथा अवसर’ विषयमा उज्बेकिस्तानको राजधानी तासकेन्टमा आयोजित अन्तरराष्ट्रिय सम्मेलनको प्रारम्भिकसत्रलाई आज सम्बोधन गर्दै परराष्ट्र सचिव भरतराज पौड्यालले दक्षिण तथा मध्य एशियाबीच पारस्परिक सहयोगका अथाह सम्भावना रहेका बताए ।
उनले मानव सभ्यताको प्रारम्भदेखि नै दुवै क्षेत्रबीच ऐतिहासिक सम्बन्ध रहेको चर्चा गर्दै कोभिड–१९ र जलवायु परिवर्तनका कारण थपिएका चुनौतीका सामना गर्न दुवै क्षेत्रबीच सहकार्य अपरिहार्य भएकामा जोड दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

















इरानकाे विद्यालयमा अमेरिकी-इजरायली सैन्य हमलाः ५३ बालिकाको मृत्यु
मध्यपूर्वको तनाव: वार्तामा फर्किन राष्ट्रसङ्घको आग्रह
बीबीसीको डकुमेन्ट्री प्रसारण गर्ने भारतीय गाडीसहित रास्वपा कार्यकर्ता पक्राउ
मध्यपूर्वको तनाव: नेपालबाट सात अन्तरराष्ट्रिय विमानस्थलमा हवाई उडान रद्द
चुनावका दिन एम्बुलेन्ससहित यी आठ प्रकारका सवारी साधनलाई पास नचाहिने
अन्तर्राष्ट्रिय शिक्षण–सिकाइ कार्यशाला आयोजना गर्दै न्यू समिट माध्यमिक विद्यालय
फागुन २० गते राति १२ बजेदेखि मतदान नसकिएसम्म सवारीसाधन चलाउन नपाइने
सिंहदरबार पुनर्निर्माण गर्न सकिन्छ तर रित्तिएको आमाको कोख कहिल्यै भरिँदैन : रवि लामिछाने
चुनावको मुखमा सिंगापुर उडे पूर्वसभापति देउवा
आज बिहीबार कुन राशिका लागि शुभ ? हेराैँ राशिफल
प्रतिक्रिया