अर्थमन्त्रीसँग टिकापुर विकासका माग पेश

काठमाडौँ । टीकापुरका राजनीतिक तथा सामाजिक अगुवाहरूले आज अर्थ मन्त्री जनार्दन शर्मालाई भेटेर टिकापुरकाे विकासका लागि बजेट छुट्टाउन आग्रह गरेका छन् । टीकापुरका उद्योगी व्यवसायी, समाजवेशीको एक समूहले आज सोमबार अर्थ मन्त्रीसँग भेट गरी तत्कालै एयरपोर्ट सञ्चालन गर्नु पर्ने माग राखेका हुन् ।
एयरपोर्ट लगायतका ४ बुँदे मागमा स्मार्ट सिटी, बर्दिया र कैलाली जोड्न कर्णाली नदी बग्ने सनकट्टीमा पुल, (आइपिसी) इन्टेग्रेटेड चेक पोष्ट बोर्डर निर्माण गर्नु पर्ने माग राखेको भेटमा सहभागी सुदूरपश्चिम प्रदेश उद्योग व्यापार संघका अध्यक्ष टिकाराम जैशीले जानकारी दिए ।

भेटमा माग सम्बोधन गर्दै अर्थमन्त्री शर्माले एयरपोर्ट पहिला पनि सञ्चालन भएको र आवश्यकता लागि पुनः सञ्चालन गर्न तत्कालै पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले अरु मागहरूको अध्ययन गर्न सम्बन्धित निकायलाई पहल गर्ने र कार्यान्वयनका लागि कदम अगाडि बढाउने बताए ।
















विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
यस्ता छन् बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
काठमाडौँमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
प्रतिक्रिया