शुक्रबार, मंसिर १२, २०८२

अर्थमन्त्रीसँग टिकापुर विकासका माग पेश

मेरोन्यूज २०७८ साउन ४ गते १४:५९

काठमाडौँ । टीकापुरका राजनीतिक तथा सामाजिक अगुवाहरूले आज अर्थ मन्त्री जनार्दन शर्मालाई भेटेर टिकापुरकाे विकासका लागि बजेट छुट्टाउन आग्रह गरेका छन् । टीकापुरका उद्योगी व्यवसायी, समाजवेशीको एक समूहले आज सोमबार अर्थ मन्त्रीसँग भेट गरी तत्कालै एयरपोर्ट सञ्चालन गर्नु पर्ने माग राखेका हुन् ।

एयरपोर्ट लगायतका ४ बुँदे मागमा स्मार्ट सिटी, बर्दिया र कैलाली जोड्न कर्णाली नदी बग्ने सनकट्टीमा पुल, (आइपिसी) इन्टेग्रेटेड चेक पोष्ट बोर्डर निर्माण गर्नु पर्ने माग राखेको भेटमा सहभागी सुदूरपश्चिम प्रदेश उद्योग व्यापार संघका अध्यक्ष टिकाराम जैशीले जानकारी दिए ।

भेटमा माग सम्बोधन गर्दै अर्थमन्त्री शर्माले एयरपोर्ट पहिला पनि सञ्चालन भएको र आवश्यकता लागि पुनः सञ्चालन गर्न तत्कालै पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले अरु मागहरूको अध्ययन गर्न सम्बन्धित निकायलाई पहल गर्ने र कार्यान्वयनका लागि कदम अगाडि बढाउने बताए ।

प्रतिक्रिया