महालेखाको तथ्याङ्कः असार ३१ गते साढे २ खर्ब खर्च

काठमाडौं । सरकारले प्रत्येक वर्ष आगामी आर्थिक वर्षका लागि जेठ १५ मा नयाँ बजेट ल्याउँछ । नयाँ आर्थिक वर्ष शुरु हुनेवित्तिकै कार्यान्वयनमा जाने तयारीका साथ असार मसान्तभित्रै बजेटसम्बन्धी छलफल सम्पन्न हुन्छ । कार्यान्वयन अघिका सम्पूर्ण प्रक्रिया पूरा हुन्छन् ।
मुलतः साउनदेखि बजेट कार्यान्वयनमा जान्छ । तर बजेटको अधिकांश हिस्सा भने आउँदो असार मसान्तमा मात्र खर्च हुन्छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार गत आवमा पनि विगतकै निरन्तरता दोहोरिएको छ ।
महालेखाको तथ्याङ्क अनुसार गत असार ३१ गते मात्र पूँजीगत खर्चबाट रु २ खर्ब २७ अर्ब ७३ करोड ८४ लाखको चेक काटिएको छ । जेठको अन्तिम दिन ३१ गते १ खर्ब ४३ अर्ब ८ करोड ९४ लाख रुपैयाँ पूँजीगत खर्च भएको थियो ।
पूँजीगत खर्चको झण्डै ४० प्रतिशत असारमा मात्रै खर्च हुने गरेको महालेखाको तथ्याङ्कले प्रष्ट पार्छ । गत आर्थिक वर्षमा कोरोना महामारीको दोस्रो लहरका कारण पूँजीगत खर्च सरकारले चाहे पनि बढाउन नसकेको महालेखाको प्रष्टीकरण छ ।
गत आर्थिक वर्षमा सरकारले ३ खर्ब ५२ अर्ब रुपैयाँ पूँजीगत खर्च गर्ने लक्ष्य राखेको भएतापनि असार मसान्तसम्म सरकारले ६४ दशमलव ५३ प्रतिशत पूँजीगत खर्च गर्न सफल भएको छ ।
नयाँ आर्थिक वर्ष लागेको ३ दिन हुँदा पनि गत आवको खर्च विवरण चालु आवमा रुपानान्तर नहुँदा दैनिकी कारोबार वेभसाइटमा राख्न नसकिएको महालेखाले जनाएको छ ।
अर्थ मन्त्रालयका प्रवक्ता महेश आचार्य वर्षभरी ठेकेदारले वास्ता नगर्ने तर आर्थिक वर्ष सकिन लाग्दा काम सकेर पैसा फछ्र्योटमा लाग्ने भएकाले असार मसान्तमा भुक्तानीको चाप पर्ने बताउँछन् ।
तर प्रवक्ता आचार्यको भनाइप्रति ठेकेदार सहमत छैनन् । ‘क’ वर्गका ठेकेदार दिनेश भट्ट सम्पन्न भइसकेका तर विविध कारणले रकम समयमै भुक्तानी नभएको अवस्थामा आर्थिक वर्ष सकिन लाग्दा रकम धमाधम निकासा हुने गरेको बताउँछन् ।
अर्का ठेकेदार डम्बर केसी कमिसनको कुरा नमिल्दा सम्पन्न भइसकेका कामको पनि भुक्तानी रोकिने र आर्थिक वर्षको अन्तिमसम्म भुक्तानी लिइसक्नुपर्ने हुँदा मसान्तमा चाप देखिने गरेको बताउँछन् ।

















इरानकाे विद्यालयमा अमेरिकी-इजरायली सैन्य हमलाः ५३ बालिकाको मृत्यु
मध्यपूर्वको तनाव: वार्तामा फर्किन राष्ट्रसङ्घको आग्रह
बीबीसीको डकुमेन्ट्री प्रसारण गर्ने भारतीय गाडीसहित रास्वपा कार्यकर्ता पक्राउ
मध्यपूर्वको तनाव: नेपालबाट सात अन्तरराष्ट्रिय विमानस्थलमा हवाई उडान रद्द
चुनावका दिन एम्बुलेन्ससहित यी आठ प्रकारका सवारी साधनलाई पास नचाहिने
अन्तर्राष्ट्रिय शिक्षण–सिकाइ कार्यशाला आयोजना गर्दै न्यू समिट माध्यमिक विद्यालय
फागुन २० गते राति १२ बजेदेखि मतदान नसकिएसम्म सवारीसाधन चलाउन नपाइने
सिंहदरबार पुनर्निर्माण गर्न सकिन्छ तर रित्तिएको आमाको कोख कहिल्यै भरिँदैन : रवि लामिछाने
चुनावको मुखमा सिंगापुर उडे पूर्वसभापति देउवा
आज बिहीबार कुन राशिका लागि शुभ ? हेराैँ राशिफल
प्रतिक्रिया