इपिएल क्रिकेट–अन्तर्राष्ट्रिय प्रशारणको अधिकार मारोनलाई

काठमाडाैं । एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको अन्तराष्ट्रिय सेल्स एजेन्टको रुपमा अष्ट्रेलियाको मारोन मिडियासँग सम्झौता भएको छ । सम्झौतासँगै चौंथो संस्करणको उक्त प्रतियोगिताको विदेशी देशमा बिक्री गर्ने अधिकारको जिम्मा मारोनले पाएको इपिएलद्वारा आज जारी प्रेस विज्ञप्तिमा जनाएको छ ।
इपिएल खेल मारोनले अन्तर्राष्ट्रियस्तरमा प्रत्यक्ष प्रशारण गर्नेछ । मारोनका सह–संस्थापक लारा रिचर्ड्सले एभरेष्ट प्रिमियर लिगसँग सम्झौता गर्न पाउँदा खुशी लागेको बताए । त्यस्तै इपिएलका प्रबन्ध निर्देशक आमिर अख्तरले यस किसिमको सम्झौता गर्न पाउनु गर्वको विषय भएको बताए ।
चौंथो संस्करणको इपिएल क्रिकेट आगामी असोज ९ देखि असोज २३ गतेसम्म सञ्चालन हुने तय भएको छ । प्रतियोगितामा विभिन्न ६ शहरका फ्रेन्चाइज टोलीले सहभागिता जनाउने छन् । जसमा साविक विजेता ललितपुर प्याट्रीयट्स, काठमाडौं किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स, भैरहवा ग्ल्याडियटर्स र विराटनगर वारिवर्स रहेका छन् ।













दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
गाजामा युद्धविरामपछि पनि इजरायली आक्रमणबाट सय भन्दा बढी बालबालिकाको मृत्यु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
प्रतिक्रिया