चितवनमा गोली लागेर मृत्यु हुने युवक नेपाली सेनाका हुद्दा
मृतक गुरुङ धादिङ निलकण्ठ निवासी : प्रहरी

काठमाडौं । बिहिबार चितवनको भरतपुर महानगरपालिका–१७, मानसिंह चोक नजिकै रहेको सिमडाँडा खेतको नहरमा मृत अवस्थामा फेला परेका शव धादिङका व्यक्तिको भएको खुलेको छ । मृतक धादिङ जिल्लाको निलकण्ठ नगरपालिका–१३ निवासी ३६ वर्षीय भरत गुरुङ रहेको जल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) सुर्य थापाले मेरोन्युजसँग बताए ।
ति युवक सेनाको महेन्द्र दल गण राष्ट्रिय निकुञ्ज शिवपुरी टोखामा कार्यरत सेनाको हुद्दा रहेको प्रहरीले जनाएको छ ।
उनले भने,‘उहाँ नेपाली सेनाको महेन्द्र दल गण राष्ट्रिय निकुञ्ज शिवपुरी टोखामा कार्यरत सेनाको हुद्दा हुनुहुदो रहेछ । उहाँ केही दिन अगाडी जग्गा सम्बन्धी कारोबारका लागि उनी चितवन आई शारदानगरमा आफन्तको घरमा बस्नु भएको भन्ने कुरा बुझेका छौ ।’
गुरूङको एकापट्टि कान नजिकैबाट हानिएको गोली अर्को कानभन्दा थोरै माथिबाट निस्किएको देखिएको डिएसपी थापाले बताए ।
‘एकापट्टि कान नजिकैबाट हानिएको गोली अर्को कानभन्दा थोरै माथिबाट निस्किएको देखिएको छ, तर पोस्टमार्टम रिपोर्ट अगावै गोली प्रहार नै हो भन्न सकिन्न ।’ घटनास्थल नजिकै गोलीको खोका र रगतसमेत देखिएको गुरुङको गोली हानी हत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।
हाल मृतकको शव भरतपुर अस्पतालको शव गृहमा पोस्टमार्टमका लागि राखिएको प्रहरीले जनाएको छ ।
















कैलालीमा कुटपिट गर्दा श्रीमतीको मृत्यु
यही माघ तेस्रो सातादेखि एचपिभी खोप लगाइँदै
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
निर्वाचन आयोगको ‘कल सेन्टर’मा मतदाता नामावलीसम्बन्धी जिज्ञासा धेरै
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
प्रतिक्रिया