डिआइजी बढुवाको सिफारिशमा परे सौरभ राणा

काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सौरभ राणालाई प्रहरी नायब महानिरीक्षक (डिआइजी) पदमा बढुवा गर्नका लागि सिफारिस गरिएको छ । गृह मन्त्रालयमा बिहीबार बसेको बढुवा समितिको बैठकले एसएसपी राणालाई बढुवा गर्न सिफारिस गरेको हो ।
जनपद प्रहरी समूहतर्फबाट प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम ४ को प्रावधानअनुसार राणालाई बढुवाका लागि सिफारिस गरिएको हो । एसएसपी राणा हाल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय भैरहवामा कार्यरत छन् ।
राणा प्रहरी महानिरिक्षक शैलेश थापा क्षेत्रीका ‘ब्याचमेट’ हुन् । उनी २०४९ बैशाख १९ मा प्रहरी सेवामा प्रवेश गरेका हुन् ।
राणा तत्कालीन संघीय प्रहरी कार्यालय इटहरीमा रहँदा जबरजस्ती करणी काण्डमा मुछिएका थिए । पछि प्रमाण नपुग्ने भन्दै सरकारी वकिल कार्यालयले उनी विरुद्धको मुद्दा अघि बढाएको थिएन ।
सुनसरी प्रहरीको हिरासतमा रहेका उनलाई सरकारी वकिल कार्यालय सुनसरीले उनलाई हाजिरी जमानीमा रिहा गरेको थियो । राणाविरुद्धको जाहेरी र मिसिल संलग्न प्रमाणहरुले उनीमाथि मुद्धा चलाउनु पर्ने अवस्था नरहेको भन्दै आदेश जारी गरेको थियो ।

















मन्त्री चौधरीसँग विश्व बैंकका देशीय निर्देशकको भेट
देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
दुई सय वर्ष पुरानो गगनेश्वर मन्दिर पुनर्निर्माण गर्दै काठमाडौँ महानगर
संविधान संशोधन बहसपत्र तयारी कार्यदलको बैठक आज
राष्ट्रियसभाका ४ समितिका सभापतिको शपथ
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
अरनिको राजमार्गः धुलिखेल–खावा सडकमा कालोपत्र सुरु
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
प्रतिक्रिया