जुवा मुद्दाका पाँच फरार अभियुक्त ६ वर्षपछि पक्राउ
मेरोन्यूज
२०७८ साउन ८ गते १०:०४

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले पाँच फरार अभियुक्तलाई पक्राउ गरेको छ । जुवा मुद्दाका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–४ सुर्खेतका ३१ वर्षीय लोकेन्द्र थापा, सोही नगरपालिका–५ का ३८ वर्षीय धनबहादुर गुरुङ, वडा नं ६ का ४० वर्षीय दीपेन्द्र सुनार, ३७ वर्षीय सन्दीप श्रेष्ठ र रोशन भट्टराईलाई बिहीबार पक्राउ रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।
विसं २०७१ मङ्सिर १५ गतेको जिल्ला प्रशासन कार्यालय सुर्खेतको फैसला आदेशले लगत नं १०६२ मा लगत कसिएको जनही २०० रुपैयाँ असुलउपर गर्ने प्रयोजनका लागि विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरी जिल्ला प्रशासन कार्यालय सुर्खेतमा बुझाएको प्रहरी नायब उपरीक्षक घर्तीले बताए ।
सम्बन्धित
















राष्ट्रियसभा उपाध्यक्ष भण्डारी पार्टी जिम्मेवारीबाट अलग
विश्व बैंकको सहयोगमा ‘डिजिटल’ रूपान्तरण परियोजना कार्यान्वयन हुँदै
मन्त्री चौधरीसँग विश्व बैंकका देशीय निर्देशकको भेट
देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
दुई सय वर्ष पुरानो गगनेश्वर मन्दिर पुनर्निर्माण गर्दै काठमाडौँ महानगर
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
एमाले सांसद शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश
अरनिको राजमार्गः धुलिखेल–खावा सडकमा कालोपत्र सुरु
प्रतिक्रिया