ग्लोबल कलेजले शुरु गर्यो व्यक्तित्व विकासका लागि करियर प्लेसमेन्ट प्रोग्राम

काठमाडौं । ग्लोबल कलेज इन्टरनेशनलले विद्यार्थीलाई इन्टर्न लगायत व्यक्तित्व विकासका तालिम दिन करियर प्लेसमेन्ट प्रोग्रामको उद्घाटन गरेको छ ।
व्यवस्थापन संकायमा छुट्टै पहिचान बनाएको उक्त कलेजले विभिन्नि प्रकारका व्यवस्थापकीय तथा प्रशासनिक सेवा गर्ने निश्चितता प्रदान गर्ने उद्देश्यले उक्त कार्यक्रमको उद्घाटन गरेको हो । उद्घाटन कार्यक्रम हिजो भर्चुअल रुपमा भएको हो ।
कार्यक्रममा विद्यार्थीको इन्टर्नशिप तथा व्यक्तित्व विकाश सम्बन्धी तालिमहरु जब प्लेसमेन्ट सबै कामलाई निरन्तरता दिन र समय सापेक्ष तथा प्रभावकारी रुपमा संचालन गर्न सेन्टर फर प्रोफेसनल डेभलपमेन्टको स्थापनाको घोषणा पनि गरिएको थियो ।
सो कार्यक्रमको उद्घाटन कलेजका प्रिन्सिपल डा. करन सिंह ठगुन्नाले गरेका थिए भने सेन्टर फर प्रोफेसनलका निर्देशक डा. अक्षय अरोराले राष्ट्रिय अन्तर्राष्ट्रिय संस्थाहरु जससंग उक्त कलेजले संस्थागत सम्बन्ध स्थापना गरिसकेको प्रष्टाए ।
उक्त कलेजको विशेष ट्रेनिङ्ग पार्टनरको रुपमा रहेको संस्था बीआईएफआईएनका कार्यकारी निर्देशक डा. बिनोद आत्रेयले बीआईएफआईएन र ग्लोबल कलेजको सम्बन्धको बारेमा प्रकाश पार्दै उक्त सम्बधले कलेजका विद्यार्थीहरुलाई सिपमुलक तालिमहरुका साथै जब प्लेसमेन्टमा ठूलो भुमिका खेल्दै आएको र भविष्यमा पनि खेल्ने जानकारी गराए ।
कलेजका प्रिन्सिपल ठगुन्नाले गुणस्तर शिक्षा दिनको लागि सुरुवात देखिनै आफ्नो गुणस्तरीयतालाई कायम गदै शिक्षा मात्र नभई उनीहरुलाई रोजगारीको पनि सुनिश्चिता गदैृ आएको जानकारी गराए ।


















यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
प्रतिक्रिया