क्रुर मानव
सामुलय लिटिल : जसले ३० वर्षमा ९३ जनाको हत्या गरे

काठमाडौँ । अपराधको दुनियाँमा यस्ता धेरै सिरियल किलरहरु छन् । जसले आफ्नो इच्छाका लागि क्रुर हत्या गर्ने गर्छन् ।
इतिहासमा यस्ता धेरै क्रुर हत्याराहरु छन् । उनीहरूले आफ्नो स्वार्थका लागि सयौँ व्यक्तिहरुको हत्या गरेका छन् । यस्ता व्यक्तिहरुलाई सिरियल किलर भनिन्छ ।
इतिहासमा एलिजावेथ वेथरीदेखि ठग बेहराम जस्ता खुँखार सिरियल किलर थिए । जसले सयौँ व्यक्तिलाई आफ्नो स्वार्थका लागि हत्या गरे । र, आरोप पुष्टि भएपछि कडा सजाएका भागिदार भए । केही सिरियल किलरहरुले राजा महाराजादेखि रैतीसम्मलाई हत्या गरे ।
सिरियल किलरको जमातमा नछुट्ने अर्को नाम हो, ‘सामुयल लिटिल’ । जसले ३० वर्षमा ९३ महिलाहरुको हत्या गरे । सामुयलको जन्म सन् जुन ७, १९४० संयुक्त राज्य अमेरिकाको जर्जिया प्रान्तस्थित रेन्याल्डोसमा भएको थियो ।
अपराधिक यात्रा
उनी आफ्नो हजुरआमासँग हुर्किएका थिए । उनले पढ्न समस्या भएपछि विद्यालय छाडेका थिए । उनले विद्यालय छाडेपछि विभिन्न अपराधिक घटनाहरुमा संलग्न भए । उनी सानै उमेरमा सुधार गृह गएका थिए ।
सुधार गृहबाट निस्किएपछि स्थिर हुन सकेनन् । एक प्रान्तबाट अर्को प्रान्तमा आवतजावत गर्ने र चोरी, ठगी, जबरजस्ती करणी जस्ता घटनाका कारण पक्राउ परिरहन्थे । सन् १९६० को अन्त्यतिर सामुयल आफ्नो आमासँग बस्न गएका थिए ।
उनी आफ्नो आमाकहाँ बसेर केही समय काम गर्न थाले । तर स्थिर रहन सकेकन् । उनले फेरि पहिलेको जस्तै अपराधिक घटनाहरु दोहोर्याउन थाले ।

एफबिआईका अनुसार सामुयलले १९७० देखि २००५ सम्ममा समय अवधिमा ९३ जनाको हत्या गरेका छन् । साथै उनले सन् १९६० देखि नै हत्या गर्न थालेको समेत भनिन्छ । तर, एफबिआईले भने उक्त कुरालाई प्रमाणित गरेको छैन ।
सामुयलले ३० वर्षको अवधिीमा ९३ जनाको हत्या गरेको स्वीकारेका छन् । यद्यपि, प्रहरीले ६० वटा हत्याको पुष्टि गरेको छ । अन्य हत्याका घटनामा समेत अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
कस्तालाई बनाउँथे सिकार
सामुयलले दिएको बयानमा आफूले महिलाको बढी हत्या गरेको बताएका थिए । यौनकर्मीहरु, गरिबीका रेखामुनी रहेका, समलिंगी र कालो वर्णका मानिसको हत्या गर्ने गरेको एफबिआईसँग स्वीकारेका थिए । यस्ता पीडित कानुनी दायरामा जान नसक्ने र प्रहरी प्रशासनले समेत यस्ता महिलाहरुको विषयमा धेरै चासो नदिने हुँदा आफूले यस्ता महिलाहरुको हत्या गरेको सामुयलले स्वीकारेका थिए । उनले समस्यामा परेर यौनकर्ममा लाग्न बाध्य रहेकाको हत्या गरेको स्वीकारेका थिए ।

प्रहरीका हिरासतमा पुगेका उनले आफूले हत्या गरेका महिलाको पहिचान गरेको र उनले हत्या गरेका कतिपय पीडितको अझैसम्म शवसमेत नभेटिएको एफबिआईले जनाएको छ ।
आफ्नो जीवन कालमा ९० भन्दा बढीको हत्या गरेका सामुयल सन् २०१२ देखि जेलमा थिए । उनको ८० वर्षको उमेरमा सन् २०२० डिसेम्बर ३१ मा कारागारभित्रै मृत्यु भएको थियो । उनी २०१४ देखि नै मधुमेहका रोगी थिए । सोही रोगका कारण उनको मृत्यु भएको समाचारमा जनाइएको छ ।

दया दुदराज
<span style="color: #343f4a; font-family: Mukta, sans-serif; font-size: 18.4px; text-align: justify;">मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।</span>
















राष्ट्रियसभा उपाध्यक्ष भण्डारी पार्टी जिम्मेवारीबाट अलग
विश्व बैंकको सहयोगमा ‘डिजिटल’ रूपान्तरण परियोजना कार्यान्वयन हुँदै
मन्त्री चौधरीसँग विश्व बैंकका देशीय निर्देशकको भेट
देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
दुई सय वर्ष पुरानो गगनेश्वर मन्दिर पुनर्निर्माण गर्दै काठमाडौँ महानगर
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
अरनिको राजमार्गः धुलिखेल–खावा सडकमा कालोपत्र सुरु
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
प्रतिक्रिया