आइतबार, फागुन १७, २०८२

पर्यटनलाई पहिलेकै अवस्थामा फर्काउन सबैलाई खोप आवश्यक- ढकाल

मेरोन्यूज २०७८ साउन ९ गते २०:१०

चरिकोट । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोरोना महामारीका कारण नेपालमा सबैभन्दा बढी पर्यटन क्षेत्र प्रभावित भएकाले यसलाई पहिलेकै अवस्थामा ल्याउन सबै नेपालीलाई कोरोनाविरुद्धको खोप आवश्यक रहेको बताएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

कोभिड महामारीले देशका धेरै क्षेत्रमा नकारात्मक प्रभाव पारेको र पर्यटन क्षेत्र अझ बढी तहसनहस भएकाले मुलुकका उद्योगी व्यवसायीले सरकारको सहयोगको अपेक्षा गरेको उनले बताए ।

वरिष्ठ उपाध्यक्ष ढकालले भने, “मुलुकको पर्यटन क्षेत्रलाई पहिलेकै अवस्थामा ल्याउन आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनका कार्यक्रम आवश्यक छन् । पर्यटकका रूपमा नागरिक ढुक्क भएर घुम्न तथा व्यवसाय सञ्चालन गर्नका लागि पनि सबै नागरिकलाई खोप दिनु आवश्यक छ ।”

दोलखाको चरिकोटमा निर्मित होटल एम्ब्रोसियाको आज एक कार्यक्रमबीच उद्घाटन गर्दै उनले कोभिडले मुलुकको आर्थिक क्षेत्र जर्जर भएको अवस्थामा पनि दोलखामा खोलिएको यो होटलले मुलुकको समग्र उद्योग व्यवसाय क्षेत्रका लागि सकारात्मक सन्देश दिएको बताए ।

प्रतिक्रिया