आइतबार, फागुन १७, २०८२

आन्तरिक पर्यटन प्रवर्द्धन गर्न ग्लोबल आइएमई बैंकको योजना

मेरोन्यूज २०७८ साउन ९ गते २०:४२

काठमाडाैं । ग्लोबल आइएमई बैंकमा कार्यरत कर्मचारीले वार्षिक अनिवार्य बिदा लिँदा कम्तीमा सात दिन आन्तरिक पर्यटकीयस्थलमा भ्रमण गर्ने गरी बिदा लिनुपर्ने व्यवस्था गरेको छ । कोभिड महामारीका कारणले विदेशी पर्यटकको आवागमनमा कमी आएको अहिलेको परिस्थितिलाई मध्यनजर गर्दै बैंकले यो योजना ल्याएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

कोभिड–१९ को महामारीका कारण पूर्णरूपमा प्रभावित पर्यटन क्षेत्रलाई पुनरोत्थान गर्न तत्कालका लागि आन्तरिक पर्यटकको खाँचो रहेको बैंकले जनाएको छ । यस्तो परिस्थितिमा थौरै भए पनि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग पुगोस् भन्ने उद्देश्यले वार्षिक तलबीे बिदा लिने कर्मचारीले अनिवार्यरूपमा आन्तरिक भ्रमण गर्नुपर्ने व्यवस्था गरिएको हो ।

बैंकमा हाल तीन हजारभन्दा बढी कर्मचारी कार्यरत छन् । मुलुकभर तथा मुलुक बाहिर शाखा सञ्जाल रहेको ग्लोबल आइएमई बैंकले बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले सातवटै प्रदेश तथा ७६ जिल्लामा २७३ शाखा, २४८ एटिएम, २५७ शाखारहित बैंकिङ सेवा, ४७ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर सञ्चालन गर्दै आएको छ ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायत मुलुकबाट विप्रेषण भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको जनाएको छ ।

प्रतिक्रिया