लमजुङमा एक वर्षभित्र एक हजार बढीले लिए सुरक्षित प्रसूति सेवा

काठमाडौं । लमजुङ जिल्लाका एक हजार बढीले सुरक्षित प्रसूति सेवा लिएका छन् । बेँसीशहर नगरपालिका–८ स्थित जिल्ला अस्पतालमा आर्थिक वर्ष २०७७/७८ को एक वर्ष अवधिमा एक हजार १७१ ले सुरक्षित प्रसूति सेवा लिएका हुन् ।
सुरक्षित प्रसूति सेवा लिनेमध्ये सामान्य प्रसूति सेवा ८८८, शल्यक्रिया १९३ तथा ९० ले जटिल किसिमको प्रसूति सेवा लिएको जिल्ला अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले बताउनुभयो । अस्पतालमा नियमित सेवा, महिला रोगसम्बन्धी चिकित्सक उपलब्ध, अस्पतालमा सुरक्षित सुत्केरी केन्द्र (बर्थिङ सेन्टर) र महिलामा अस्पताल गएर सुरक्षित प्रसूति सेवा लिनुपर्छ भन्ने चेतनाको वृद्धिले अस्पतालमा सुरक्षित प्रसूति सेवा लिने सङ्ख्या वृद्धि भएको उनको भनाइ छ ।
त्यस्तै जिल्ला अस्पतालमा आव २०७६/७७ मा एक हजार १२३ ले प्रसूति सेवा लिएका थिए । यीमध्ये ८६६ सामान्य, १६८ शल्यक्रिया र ८९ ले जटिल किसिमको प्रसूति सेवा लिएको जिल्ला अस्पतालले जनाएको छ । अस्पतालका अनुसार आव २०७५/७६ मा अस्पतालबाट प्रसूति सेवा लिनेको सङ्ख्या एक हजार ११ रहेको थियो । सोमध्ये ८२९ सामान्य, १२४ शल्यक्रिया र ५८ ले जटिल किसिमको प्रसूति सेवा लिएको अस्पतालले जनाएको छ ।
त्यस्तै आव २०७४/७५ मा एक हजार ३२२ ले प्रसूति सेवा लिएका थिए । यीमध्ये एक हजार ५२ सामान्य, १६९ शल्यक्रिया र १०१ ले जटिल प्रसूति सेवा लिएको अस्पतालको तथ्याङ्कमा उल्लेख छ । जिल्ला अस्पतालमा आव २०७४/७५ देखि २०७७/७८ सम्म चार हजार ६२७ ले सो सेवा लिएका छन् । यीमध्ये सामान्य प्रसूति सेवा तीन हजार ६३५, शल्यक्रिया गर्नुपर्ने ६५४ र जटिल किसिमको प्रसूति सेवा ३३८ जनाले लिएको अस्पतालका प्रमुख श्रेष्ठको भनाइ छ ।
विंस २०५८ देखि अस्पतालले सुरक्षित प्रसूति सेवा प्रवाह गर्दै आएको छ । यस जिल्ला अस्पतालको प्रसूतिगृहमा १५ शय्या रहेका छन् । अस्पतालमा ग्रामीण भेगका महिलासमेत सुरक्षित प्रसूति सेवाका लागि आउन थालेको अस्पतालले जनाएको छ । जिल्लाका अधिकांश ग्रामीण भेगका महिलामा समेत सुरक्षित प्रसूति सेवाका लागि अस्पताल जानुपर्छ भन्ने भावनाका साथ जिल्लाको अतिविकट गाउँका महिला पनि आउने गरेका छन् । रासस


















यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
प्रतिक्रिया